News

Jun 3, 2009

भारतीय दूतावासमा अतिक्रमणको विरोधमा धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २०- दाङ जिल्लाको कोइलाबासलगायत नेपालका विभिन्न सीमाक्षेत्रमा भारतबाट भइरहेको अतिक्रमणका विरुद्धमा विभिन्न पाँच कम्युनिस्ट पार्टीले बुधबार नेपालस्थित भारतीय दूतावासमा धर्ना दिए।लैनचौरस्थित दूतावासबाहिर राष्ट्रिय जनमोर्चा नेपाल, जनमोर्चा नेपाल, नेकपा एकीकृत रिभ्युलेसनरी लेफ्ट विङ र नेकपा मार्क्सवादीले धर्ना दिएका थिए।लामो समयदेखि भारतसँग सीमा जोडिएका दर्जनौं नेपाली भूमिमा भारतीय सीमा सुरक्षाबलले जबर्जस्ती नेपाली नागरिकलाई विस्थापित गराई नेपाली भूमिमा भारतीय नागरिकलाई राखेर खेतीपातीसमेत हडप्दै आएको छ।दुई दिनअघिमात्र दाङको कोइलाबास क्षेत्रका नेपाली नागरिकलाई भारतीय प्रहरीले लखेटी हजारौंलाई विस्थापित गराउनुका साथै नेपाली नागरिकमाथि ज्यादती गरेकाले त्यसको विरोधमा बुधबार ती दलले भारतीय दूतावासमा धर्ना दिएका हुन्।
सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालप्रति सदियौंदेखि हेपाहा व्यवहार गर्दै आएको भारतले पछिल्लो समयमा नेपाली भूमि र नेपाली नागरिकप्रति गरेको ज्यादती तत्काल नरोके नेपाली जनताले सीमाक्षेत्रमै पुगेर कडा प्रतिकार गर्ने चेतावनी दिए।

No comments: