News

Jun 7, 2009

माओवादीको एकघण्टे बन्दको प्रतिकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिकृत नेकपा माओवादीका कार्यकर्ता एकघण्टे बन्दको क्रममा आक्रामक देखिएपछि मोरङ र सुनसरीमा सर्वसधारण प्रतिकारमा उत्रिएका छन्। सरकारबाट हटेलगत्तै बन्दमा उत्रिएका माओवादीले राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आइतबार एकघण्टा सडक बन्द गराएका छन्। बन्द गराउने क्रममा सुनसरीको खनारमा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा स्थिति अपि्रय बनेको छ। सुनसरी प्रहरीका अनुसार खनारमा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ।विराटनगरको बरगाछीबाट सडक बन्द गराउँदै हिँडेका माओवादीका कार्यकर्ताले मोटरसाईकलको साँचो खोस्नुका साथै रोकिराखिएको ट्रक र बसमा रड प्रहार गरेका छन्। हातहातमा रड बोकेर हिँडेका माओवादी कार्यकर्ताको उक्त व्यवहारबाट रिसाएका सर्वसाधारणले प्रतिकार गर्न थालेका छन्। एक दिने कोचिला बन्दले पूर्वी नेपालको जनजीवन शनिबार अस्तव्यस्त पारेका माओवादीले आइतबार पनि पूर्वका जिल्लामा एकघण्टे बन्द गराएका छन्। सोमबार मधेशी जनअधिकार फोरमको उपेन्द्र यादव समूहले मधेश बन्दको घोषणा गरेको छ।यता एक महिनाअघि बस दुर्घटनामा मृत्यु भएका मीनबहादुर बिक र छोटु सहनीका परिवारले क्षतिपूर्ति र घाइतेको उपचारको माग गर्दै हिमाली र मेची यातायातको यात्रुबाहक बस मोरङको मंगलबारेमा नियन्त्रणमा लिएका छन्।

No comments: