News

Jun 7, 2009

एक व्यक्ति १५३औं पटक जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युहाम्पसायरको पोर्टसमाउथका एक व्यक्ति गत आइतबार १५३औं पटक जेलमा परेका छन् । उनी चोरी मुद्दामा एक वर्षको जेलसजाय काटी एक हप्ताअघि मात्रै जेलबाट रिहा भएका थिए । ४९ वर्षीय पाउल बाल्डविन एकजनाको मुखमा एक मुक्का हानेको आरोपमा पक्राउ परेका हुन् । उनले न्यायाधीशसामु मदिराविरुद्ध आफूले निकै कडा संघर्ष गर्नुपरेको र एक वर्षको जेल बसाइमा बानी सुधार्ने अभ्यास गरेको बताए । 'श्रीमान्, आखिर मैले यस मदिरा भन्ने वस्तुलाई के गर्ने त ? यसलाई ठीक पार्न मद्दत पाए हुन्थ्यो !' बाल्डविनले भने । बाल्डविनलाई १५ सय डलर नगद रकम जमानत लिई उक्त पीडित व्यक्तिसँग सम्पर्क नगर्न आदेश दिइएको छ । इजलासले जमानत तिरेर बाहिर जानुअघि उनलाई सात बजेको कफ्र्युको सामना गर्ने आदेश दिएको थियो । गत मे महिनामा उनलाई समाजको स्रोत चुस्ने जुकाको रूपमा चित्रित गरिएको थियो । त्यसवेला उनी एक माबिल स्टेसनबाट एक क्यान बियर चोरेर भाग्दै गर्दा समातिएका थिए । एक अखबारले जनाएअनुसार बाल्डविन १९८४ देखि जेल पर्न थालेका थिए र यसअघि एक सय ५२ पटक जेल परिसकेका छन् । यसमा पर्खाल नाघी अर्काको घरमा घुसेको आरेपमा आठवटा, सामाजिक सुरक्षासम्बन्धी चारवटा र नाम ढाँटेको आरोपमा १८ वटा आरोप उनीमाथि लागेका थिए ।

No comments: