News

Jun 4, 2009

चार्ल्स शोभराजको नक्कली राहदानी ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तर्राष्ट्रिय स्तरमा ‘अपराधी’ भनेर चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराज गुरुमुखले सन् १९७५ मा नक्कली राहदानी प्रयोग गरी नेपाल छिरेको ठहर पुनरावेदन अदालत पाटनले गरेको छ। पुनरावेदन अदालतका न्यायाधीश मोहनप्रकाश घिमिरे र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बिहीबार सो ठहर गरी शोभराजलाई एक वर्षकैदसहित २ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको हो। काठमाडौं जिल्ला अदालतले शोभराजले नक्कली राहदानी प्रयोग गरेको आरोपको मुद्दालाई भने खारेज गरेको थियो। साथै सो अदालतले शोभराजले अमेरिकी नागरिक कोन्नी जो ब्र्रोन्जिचलाई हत्या गरेको ठहर गरी र्सवस्वसहित जन्मकैद हुने फैसला गरेको थियो।ती दुवै मुद्दा तह-तह हुँदै सर्वोच्च अदालतमा पुगेकोमा सो अदालतले नक्कली राहदानीको मुद्दाका बारेमा निर्णयगर्न पुनरावेदन अदालत पाटनमा फर्काइदिएको थियो। हत्या गरेर उम्कन माहिर भनेर चिनिएका शोभराज सन् १९७५ मा थाइल्यान्डबाट हल्यान्डका नागरिक हेनरिकस विन्टान्जाको राहदानी प्रयोग गरी नेपाल छिरेको आरोप लगाइएको थियो। सो आरोपलाई पुनरावेदन अदालत पाटनले ठहर गरेको हो।सर्वोच्च अदालतले शोभराजले अमेरिकी नागरिकको हत्या गरेको ठहर गर्ने तल्ला दुई अदालतले नक्कली राहदानीका बारेमा पनि फैसला गर्नुपर्ने उल्लेख गरी मिसिल पुनरावेदनमा पठाएको थियो। शोभराजले अमेरिकी नागरिकको हत्या गरेको भनी फैसला गर्ने तल्ला अदालतको निर्णया बारेमा विचार गर्न अब सर्वोच्च अदालतलाई सजिलो हुने बताइएको छ। शोभराजले गरेको हत्याका बारेमा तत्कालीन अवस्थामा छानबिन गर्ने प्रहरी अधिकृत विश्वलाल श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘शोभराजलाई नेपाल छाड्दा प्रहरी कार्यालयमा खबर गर्नु भनेको त डिसेम्बर २७ तारिखको दिनमा नै ऊ त भागिसकेछ।’श्रेष्ठले डिसेम्बर २५ तारिखमा उसलाई हत्याका बारेमा सोधपुछ गरिएको जानकारी दिनुभयो। शोभराजलाई हाल काठमाडौं जिल्ला अदालतले हत्याको अभियोगमा गरेको फैसला र सो फैसलालाई सदर गर्ने पुनरावेदन अदालत पाटनको निर्णयमोजिम केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।

No comments: