News

Jun 1, 2009

यार्चागुम्बु टिप्न गएका ४ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डोल्पा, जेठ १८ - यार्चागुम्बु टिप्न गएका ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना युवक र १ जना अधबैसे पुरुषको मृत्यु भएको छ ।यार्चागुम्बु टिप्न जाँदा लेक लागेर मृत्यु हुनेमा दुनै गाविस ४ डोल्पाका रत्न खत्री, गोठिचौर गाविस मनि गाउं जुम्लाका प्रकाश ऐडी, नायकबाडा गाविस ६ जाजरकोटका मानबहादुर शाही र सर्मी गाविस ५ डोल्पाका कालोलाटो सार्की रहेका छन् ।यार्चागुम्वु टिप्न गएकाहरुको विभिन्न ठाउँमा लेक मृत्यु भएको निम्ति प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी बताए ।अझै यार्चागुम्वु टिप्न गएका केही मानिसलाई लेक लागेर विरामी अवस्थामा रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । अस्पतालको दैनिक स्वास्थ जाँचमा संलग्न अहेव शेरबहादुर कठायतका अनुसार यार्चागुम्वु संकलन सुरु भए यता जिल्ला अस्पताल डोल्पामा लेक लागेर आएका ९० भन्दा बढि विरामीहरु उपचार गरेर घर फर्किसकेको बताए ।

No comments: