News

Jun 3, 2009

मुम्बई हमलाका आरोपी उच्च अदालतले रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लाहोर/ प्रतिबन्धित इस्लामिक संगठन जमात-उड-डावाका प्रमुख हाफिज मोहम्मद सयिदलाई पाकिस्तानको उच्च अदालतले रिहा गर्ने आदेश दिएको छ । सयिदलाई भारतले मुम्बई आक्रमणमा दोषी भएको दाबी गर्दै आएको छ । पूर्वीसहर लाहोरको एक उच्च अदालतले जमात-उड-डावाका प्रमुख हाफिज मोहम्मद सयिदसहित उनका अन्य तीन अनुयायीलाई थुनामा राख्ने कार्य गैरकानुनी भएको ठहर गरेको छ । सयिदको रिहाले पाकिस्तान मुम्बई हमलामा संलग्नलाई सजाय दिन गम्भीर नभएको आरोप भारतले लगाएको छ । गृहमन्त्री चिदम्बरमले भने, 'यो घटनाले मुम्बई हमलाका बारेमा भारतमा भइरहेको जाँचलाई केही फरक पार्दैन ।' गत नोभेम्बरमा मुम्बईका सात स्थानमा भएको हमलामा एक सय ७० को मृत्यु भएको थियो ।

No comments: