News

Jun 1, 2009

प्रेमिकासँग बिहे नहुँदा लिंग काटे प्रेमीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कायरो/ प्रेमिकासँग बिहे गर्न नपाएको झोंकमा इजिप्टका एक २५ वर्षीय युवाले आफ्नो लिंग आफैले काटेका छन् । परिवारले प्रेमिका तल्लो वर्गको भएकाले बिहे गर्न अनुमति दिएका थिएनन् । प्रेमिकासँग बिहे गर्न ती युवाले आफ्ना बाबुलाई दुई वर्षसम्म अनुनय-विनय गरे । तर, बाबु मानेनन् । त्यसपछि छोराले चक्कु तताए र आफ्नो प्रजनन अंग काटे । प्रजनन अंग काटेपछि उनलाई हतार-हतार अस्पताल लगियो । तर, डाक्टरले उनको अंग पुनः जोड्न सकेनन् । ती युवा इजिप्टको क्वना प्रान्तका प्रतिष्ठित परिवारको भएको बताइएको छ ।

No comments: