News

Jun 1, 2009

६ मन्त्रालय पाउनुपर्ने मधेशी जनअधिकार फोरमको मागमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १८ मधेशी जनअधिकार फोरमले एमाले नेत्तृत्वको गठवन्धन सरकारमा गृह, शिक्षा, भौतिक योजना तथा निर्माण, स्थानीय विकास, जलस्रोत र कृषि मन्त्रालय माग गर्ने तयारी गरेको छ। यसअघि आफूले लिएको परराष्ट्र मन्त्रालय माग्ने सोचमा फोरम नरहेको स्रोतको भनाइ छ। यद्यपि ६ मन्त्रालय पाउनुपर्ने फोरमको मागमा गठवन्धनका दलबीच सहमति भइ नसकेकाले मन्त्री चयन अझै अन्योलपूर्ण भएको छ । सरकारमा सहभागिताबारे विवाद मिलाए पनि मधेशी जनअधिकार फोरमभित्र मन्त्री चयन गर्ने विषयमा मतभेद चर्किएको कान्तिपुर एफएमले जनाएको छ। अध्यक्ष उपेन्द्र यादव बहुमतमा रहेको केन्द्रीय समिति र वरिष्ठ नेता विजय गच्छदार पक्षधरको बाहुल्यता रहेको संसदीय दल दुवैबाट आ-आफना पक्षका व्यक्तिलाई मन्त्री बनाउन चर्को दबाब परेको छ।फोरम उच्चस्रोतका अनुसार अध्यक्ष यादव र गच्छदार बाहेक पूर्ववर्ती सरकारमा मन्त्री बनेका जयप्रकाशप्रसाद गुप्ता र रेणु यादवले यसपटक मौका पाउनेछैनन्। पार्टीभित्रको विवाद सुल्झाउने प्रयासमा मन्त्री चयन गर्दा क्षेत्र समुदाय वर्ग जातजाति दलित लगायतको प्रतिनिधित्वलाई चयनको मापदण्ड बनाउने तयारी पनि भएको छ।

No comments: