News

Jun 8, 2009

संविधानमा 'जनयुद्ध' भन्ने शब्द नराख्‍ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २५ संविधानमा 'जनयुद्ध' भन्ने शब्द राख्‍ने कि नराख्‍ने भन्नेबारे भएको मतदानमा यो शब्द नराख्ने पक्षले जितेको छ। संविधानसभाअन्तर्गत सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिमा सोमबार भएको मतदानमा जनयुद्ध पक्षले १२ मत पाएको थियो भने सशस्त्र द्वन्द्व भन्ने पक्षले १९ मत पाएको थियो। समितिका पदाधिकारीमध्ये एक जनाले मत दिएनन्।सोमबार बिहान एमाले सभासद रणध्वज लिम्बूले १० वर्ष माओवादीले गरेको ज्यादतिलाई 'जनयुद्ध' भन्न नमिल्ने बताएपछि स्थिति तनावपूर्ण बनेको थियो। अरु राजनीतिक विचारलाई निषेध गर्ने र जनताले श्रमदान गरी बनाएका गाविस भवन जस्ता भौतिक पूर्वाधार भत्काउने कार्यलाई जनयुद्ध भन्न नसकिने तर्क उनको थियो। त्यसपछि विवाद चर्कंदा माओवादीका कालीबहादुर मल्ललगायतका माओवादी सांसदले त्यतिबेला भएका हत्या, बलात्कारको जिम्मा लिने कि नलिने भनेर चर्काचर्की गरेका थिए। विवाद चर्कंदै गएपछि माओवादी र कांग्रेस-एमालेका सांसदबीच झण्डै हात हालाहालसमेत भएको थियो।स्थितिलाई नियन्त्रणमा राख्‍न समिति सभापति नवोदिता चौधरीले पटक-पटक कोसिस गरेकी थिइन्। समितिको विवाद नटुङ्गिएपछि जनयुद्ध भन्ने शव्द राख्‍ने वा त्यसको ठाउँमा सशस्त्र द्वन्द्व राख्‍ने भन्नेबारे मतदान भएको थियो। जसमा माओवादीले जनयुद्धका पक्षमा र अरुले सशस्त्र द्वन्द्वका पक्षमा मत दिएका थिए।

No comments: