News

Jun 9, 2009

६ पूर्वी पहाडी जिल्ला मंगलबार बिहानैदेखि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ, जेठ २६ एकीकृत नेकपा माओवादी सम्बद्ध जनवर्गीय संगठनहरुले स्वायत्त किरात गणराज्यको माग गर्दै किरात राज्य बन्द आह्वान गरेपछि ६ पूर्वी पहाडी जिल्ला मंगलबार बिहानैदेखि बन्द छन्। बन्द आह्वानपछि यी जिल्लामा यातायात, बजार, शैक्षिक संघ/संस्थालगायत् सञ्चालन हुन सकेको छैन् ।माओवादीका कार्यकर्ताले बिहानैदेखि माइकिङ गर्दै बन्दको दबाब दिँदै हिँडेका स्थानीय पत्रकार सइन्द्र राईले जनाएका छन्। माओवादीले सोलुखम्वु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर र संखुवासभालाई किरात गणराज्य घोषणा गर्न माग गर्दै बन्द गराएको हो ।

No comments: