News

Jun 3, 2009

प्रधानसेनापति कटवाल र रथी खड्का दौडधुपमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सरकारद्वारा कायममुकायम प्रधानसेनापति बनाइएका रथी कुलबहादुर खड्काले प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार भेट गर्नुभएको छ। मंगलबार भेटका लागि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका रथी खड्काले जतिबेला पनि आफू सरकारको आदेश पालना गर्न तयार रहेको बताउनुभएको थियो। भेटमा खड्काले पूर्ववर्ती सरकारले दिएको आदेश पालना गरेर कुनै गल्ती नगरेको भन्दै आफूमाथि कारबाही नगर्न अनुरोध गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन बालुवाटार पुगेको समेत बताउनुभएको थियो।सोमबार मात्र प्रधानसेनापति रुक्मांगद कटवालले रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भेटी खड्कामाथि कारबाही गर्न आग्रह गर्नुभएको थियो। सेनापति कटवालले रथी खड्कालाई माओवादी सरकारको निर्णयमानेर सेनाको एकता र गोप्यतामा खलल पार्ने गरी ‘चेन अफ कमान्ड’ मा अवरोध ल्याएको आरोपसमेत लगाउनुभएको थियो।

No comments: