News

Jun 2, 2009

दाङसँग विस्तृत विबरण मागिएको गृह मन्त्रालयले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १९ - गृह मन्त्रालयले भारतीय सीमा सुरक्षा बल (एसएसबी )को ज्यादतीका कारण दाङ जिल्लाका सयौ वासिन्दा विस्थापित भएको भन्ने समाचारबारे अविलम्ब विस्तृत बिवरण पठाउन मंगलबार जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । संचारमाध्यमबाट उक्त घटनाबारे जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय दाङसँग विस्तृत विबरण मागिएको गृह प्रवक्ता नविन घिमिरेले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको प्रतिवेदन आएपछि समस्या समाधानका लागि पहल थालिने उनले बताए ।
परराष्ट्र मन्त्रालयका भारत शाखा प्रमुख उपसचिव धनन्जय झाले घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग समन्वय राखेर काम अघि बढाइएको र जिल्लाबाट प्रतिवेदन आएपछि कुटनीतिक तहबाट के कस्तो कदम चाल्ने भन्नेबारे टुंगोमा पुगिने जानकारी दिए ।भारतीय सीमा सुरक्षा बलको ज्यादती बढेपछि दाङको राजपुर, बेल्हा र कोइलावास गाविसका सयौले गाँउ छाडेका छन् ।

No comments: