News

Jun 4, 2009

चाभेजलाई मार्ने सिआइएको योजना बनाएको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काराकास/ भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले अमेरिकी गुप्तचर संस्था (सिआइए) ले आफ्नो हत्या योजना बनाएको आरोप लगाएका छन् । सिआइएले आफ्नो हत्या गर्ने योजना बनाएकाले नै एल साल्भाडोरको भ्रमण रोकेको पनि उनले बताए । एल साल्भाडोरका नवनिर्वाचित राष्ट्रपति मारिसियो फ्युनिजको उद्घाटन कार्यक्रममा चाभेज सोमबार जाने कार्यक्रम थियो । 'अमेरिकाको गुप्तचर संस्था (सिआइए) मेरो हत्या योजनाको पछाडि रहेको भन्नेमा मलाई कुनै शंका छैन,' चाभेजले भने । सिआइएले क्युबाका लडाकु लुइस पोसोदा क्यारिलेससँग मिलेर आफ्नो हत्या योजना बनाएको उनले दाबी गरे । सिआइएले आफ्नो हत्याको योजना बनाएको पुष्टि गर्न भेनेजुयलाको गुप्तचर सेवासँग गतिलो जानकारी भएको पनि उनले बताए । आफू चढ्ने विमानमा रकेट प्रहार गर्ने सिआइएको योजना रहेको पनि चाभेजले आरोप लगाए । काराकासस्थित अमेरिकी दूतावासले चाभेजको आरोपका बारेमा केही प्रतिक्रिया दिएको छैन । तर, विगतमा त्यस्तै आरोपको अमेरिकी विदेश मन्त्रालयले अस्वीकार गर्दै आएको छ ।

No comments: