News

Jun 1, 2009

नेवा: स्वायत्त राज्य प्राप्तिको लागि नेवामण्डल बन्द पूर्ण सफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् आत्मनिर्णयको अधिकारसहितको 'नेवा: स्वायत्त राज्य'को संवैधानिक सुनिश्चितताको लागि गरिएको एकदिने नेवामण्डल बन्दको आन्दोलन पूर्णरुपमा सफल भएको छ । नेवा: स्वायत्त राज्यको अधिकार सुनिश्चितता र काठमाडौ उपत्यका शहरी विकास विधेयक खारेजीको माग गर्दै नेवा: समुदायले संविधान सभा तथा संसदको ध्यानाकृष्ट गर्नका लागि नेपाल सम्बत ११२९ तछलाथ्व नवमी (जेठ १८ गते) सोमवा: नेवा: स्वायत्त राज्य बन्दको कार्यक्रम घोषणा गरी सम्पन्न गरिएको हो ।बन्दको क्रममा सोमबार बिहान काठमाडौंको बसन्तपुर, ललितपुरको मंगलबजार,भक्त्तपुरको दत्तात्रय, कीर्तिपुरको नयाँ बजार, ठिमीको सङ्खधर पार्क, पनौती, बज्रबराही, लेले, फर्पिङ, चापागाउँलगायतका ठाउँबाट जुलुश पसल, उधोग, कलाकारखानाहरू बन्द गराएका थिए । बिभिन्न राजनीतिक तथा सामाजिक संघ संगठनहरूको संयुक्त्त संघर्ष समिती 'नेवा: स्वायत्त राज्य मंका संघर्ष समिती'को आयोजना र आह्वानमा गरिएको बन्दको प्रभाव पूर्णरुपमा बजार तथा यातायात ठप्पै रहने गरी परेको थियो । अरुबेला बिभिन्न सवारी साधनले खचाखच भरिने रोड र चोकहरू पूरै खाली थिए, अर्थात् बोलीचालीको भाषामा भनौं- 'रोडमा कमिला र मुसा पनि हिंडेका थिएनन् ।'बन्दकै क्रममा, सामान्य झडप र तोडफोडका घट्नाहरू पनि भएका छन् । काठमाडौं उपत्यकालगायत १२ वटा जिल्लालाई नेवा: मण्डल भनी दाबी गरिएको नेवा: राज्यको लागि गरिएको बन्दको बेवास्ता गरी माग पूरा नगरिएमा अझ सशक्त्त र ब्यापक आन्दोलन गर्ने चेतावनी पनि दिईएको छ । तर, अहिलेसम्म, सो मागको बारेमा सरकारको कुनै प्रतिकृया सुनिएको छैन । २०४६ सालको ऐतिहासिक जन आन्दोलनअपछी शायद यही आन्दोलन होला जहाँ नेवार समुदाय र सम्बद्द संघ संगठनको यत्रो सशक्त्त सहभागीता रहेको थियो ।

No comments: