News

Jun 1, 2009

आठ सहायक रथी (जर्नेल) को म्याद थप्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षा मन्त्रालयले माओवादी नेतृत्वमा रहेको सरकारले अवकाश दिएका आठ सहायक रथी (जर्नेल) को म्याद थप्ने निर्णयगरेको छ। आइतबार रक्षा मन्त्रालयमा रक्षामन्त्री विद्या भण्डारीको अध्यक्षतामा बसेको बैठकले आठ जर्नेलको म्याद थप गर्ने निर्णयगरेको सो मन्त्रालयले जानकारी दिएको छ।गत चैत २ गतेदेखि लागू हुने गरी अघिल्लो सरकारले आठ जर्नेलको म्याद थप नगर्ने निर्णयगरेपछि अवकाश पाएका जर्नेलहरू अदालत पुगेका थिए।गत चैत ९ गते आठ जर्नेलले संयुक्तरूपमा सर्वोच्चमा मुद्दा दायर गरेपछि १० गते सर्वोच्च अदालतका न्यायाधीश कैलासकुमार श्रेष्ठको एकल इजलासले आठ जर्नेललाई रक्षा मन्त्रालयको पत्र कार्यान्वयन नगर्न र मुख्यालयमा साबिक काम गर्न आदेश दिएको थियो।रक्षा मन्त्रालयले २ वर्षम्याद थप गरेका जर्नेलहरूमा पवनबहादुर पाँडे, रमेश बुढाथोकी, प्रदीपविक्रम राणा, नरेन्द्र रावल, रमेश विष्ट, नरबहादुर कँडेल, राजुप्रताप केसी र शिवकुमार पौडेल रहेका छन्।रक्षामन्त्री भण्डारीले आठ जर्नेलको म्याद थप गर्नुअघि केही कानुनव्यवसायीसँग छलफल गर्नुभएको मन्त्रालयले जानकारी दिएको छ।रक्षा मन्त्रालयले आठ जर्नेलको म्याद थप गर्ने निर्णय सैनिक मुख्यालयमा आइतबार नै पठाएको छ।

No comments: