News

Jun 1, 2009

बन्दका कारण काठमाडौं सहित आठ जिल्ला प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १८ - स्वायत्त नेवाः राज्यको माग गर्दै नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यका सहित आसपासका आठ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण काठमाडौं, ललितपुर, भक्तपुरमा यातायात तथा बजार, पसल ठप्प छन् । बन्द उल्लंघन गरेको भन्दै आन्दोलनकारीले राजधानीका विभिन्न स्थानमा पाँच वटा सवारी साधनमा तोडफोड गरेका छन् ।बन्द आह्वानकर्ताले अपरान्ह राजधानीमा र्‍याली निकाल्ने जनाएको छन् । काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर तथा दोलखाका केही स्थानमा समेत बन्दको आंशिक प्रभाव परेको छ ।समिति आवद्ध एकीकृत माओवादीको नेवाः मुक्ति मोर्चा, एमालेको नेवा लोकतान्त्रिक मंच तथा नेपा पार्टीको भातृ संगठनले नेपाल मण्डल नेवाः स्वायत्त राज्य अन्तर्गतको ११ जिल्लालाई नेवाः राज्य घोषणा गर्न माग गर्दै बन्द आह्वान गरेका हुन् ।उनीहरुले नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा शहरी बिधेयक फिर्ता गर्न समेत माग गरेका छन् ।

No comments: