News

Jul 8, 2009

पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन भीड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुकबाट शुभकामना ग्रहण गरेर आफ्नो जन्मदिन मनाएका छन् । शाहलाई शुभकामना दिन मंगलबार निर्मलनिवासमा शुभेच्छुकको ठूलो भीड जम्मा भएको थियो ।प्रफुल्लित मुद्रामा रहेका शाहले सर्वसाधारणसित भलाकुसारी गरे । कतिपयले त पूर्वराजालाई लिखित टिपोट दिए । धेरैले देशको बिग्रँदो अवस्थाप्रति शाहका सामु चिन्ता व्यक्त गरेका थिए ।यसैबीच, विराटनगरमा पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउने कार्यक्रम गणतन्त्रवादीहरूले बिथोलिदिएका छन् । जन्मोत्सव मनाउँदै गरेका राजावादीलाई एकीकृत माओवादीका कार्यकर्ताले लखेटेका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गर्दा तीन माओवादी कार्यकर्ता घाइते भएका छन् भने एक प्रहरी अधिकारीलाई चोट लागेको छ ।विराटनगरको जनआन्दोलन चोकमा मुस्लिम मियाँको नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउँदै गरेका समूहलाई माओवादी कार्यकर्ताले लखेट्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले जथाभावी लाठी चार्ज गर्दा बटुवासमेत घाइते भएका थिए ।

No comments: