News

Jul 8, 2009

मानिसको कपाल प्रयोग गरी सोलार बनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं/ उच्चमाध्यमिक तहमा अध्ययनरत दुई युवाले कपाल प्रयोग गरी सोलार बनाएका छन् । राजधानीको टि्रनिटी इन्टरनेशनल कलेज कक्षा १२ मा अध्ययनरत मिलन कार्की र हरिहर अधिकारीले मानिसको कपाल प्रयोग गरी सोलार बनाएका हुन् ।उनीहरूले बजारमा बिक्री भइरहेका सोलारमा प्रयोग गरिने सिलिकन र सेलिनियमको ठाउँमा कपाल प्रयोग गरी सोलार बनाएको दाबी गरेका छन् । कार्की र अधिकारीसहित कलेजको साइन्स एन्ड टेक्नोजोली गुल्डका विद्यार्थीले मानव कपाललाई कुचालकका रुपमा प्रयोग गरी सोलार बनाएको मंगलबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्कीले कक्षा ९ देखि नै कपालबाट सोलार बनाउने प्रयास गरेको र अन्ततः सफल भएको बताए । उनीहरूले ३ हजार खर्च गरेर ८ भोल्ट १८ वाटको सोलार विकास गरेका छन्, जसबाट युपिएसको ब्याट्री चार्ज गर्न सकिने दाबी उनीहरूको छ । उनीहरूले ऊर्जा संकट समाधानमा यस्तो प्रविधिको व्यावसायिक उत्पादन गर्न सकिने दाबीसमेत गरेका छन् ।कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव शंकर कोइरालाले समस्याले नै समाधानका अनेक विकल्पको खोजी हुने बताए । उनले सो प्रविधिको थप खोज अनुसन्धानका लागि सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने आश्वासन समेत दिए ।

No comments: