लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अपहरणकारी भएको आशंकामा स्थानीयवासीद्वारा अपरिचित व्यक्ति कुटिने र मारिने क्रम बढेपछि गृह मन्त्रालयले शंका लागेका व्यक्तिलाई प्रहरीमा बुझाउन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत सो आग्रह गरेको हो । मन्त्रालयले हल्लाको भरमा अपरिचित व्यक्तिलाई गरिने आक्रमणबाट समाजलाई अराजकतातर्फ लैजाने उल्लेख गर्दै हल्ला र उत्तेजनाको भरमा विनाआधार कसैमाथि आक्रमण नगर्न सचेतसमेत गराएको छ ।यसैबीच ठिमीमा बुधबार अपहरणकारीको अभियोगमा स्थानीयवासीद्वारा दुईजना युवाको हत्या भएको विरोधमा पीडित परिवारले विरोध प्रदर्शन गरेका छन् ।उता महानगरीय प्रहरी वृत्त ठिमीले मंगलबार मारिएका दुई किशोरको हत्यामा संलग्न रहेको आशंकामा १० जनालाई पक्राउ गरेको छ । वृत्तले हत्याको अभियोगमा सुवास अधिकारी, सुमन कार्की, सन्तोष ढकाल, अञ्जन थापा, सन्तोष श्रेष्ठ, रोहित डंगोल, सरोज श्रेष्ठलगायतलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

No comments:
Post a Comment