News

Jul 10, 2009

प्रहरीले राजधानीमा ठप्प हुने गरी प्रदर्शन गर्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २६ - प्रहरीले राजधानीमा शुक्रबारदेखि कुनै पनि निहुँमा आवागमन ठप्प हुने गरी प्रदर्शन गर्न नदिने भएको छ । उपत्यकाको स्थिति सामान्य राख्न गृहमन्त्री भीम रावलले निर्देशन दिएपछि यो कदम चालिएको हो । 'कुनै पनि स्थलमा जाम गर्नेलाई १५ मिनेटभित्र हटाउने आदेश छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नवराज सिलवालले भने, 'नटेर्नेलाई पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने छ ।'

No comments: