News

Jul 10, 2009

नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपतिद्वारा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५ - राष्ट्रपति डा रामबरण यादवले नयाँ संविधान समयमै निर्माण गर्नका लागि सहमती, सहकार्य र सम्झौतामा जोड दिएका छन् । आर्थिक वर्ष ०६६ /०६७ को नीति तथा कार्यक्रमलाई बिहीबार व्यवस्थापिका संसदको बर्षे अधिवेशनमा प्रस्तुत गर्दै राष्ट्रपति यादवले कानुनी राज्य निर्माणका लागि सुरक्षा निकायका सबै अंग र निजामती कर्मचारीलाई सतर्क राखिने बताए । उनले राजमार्ग हुने बन्द हडताललाई रोक्न सबै दलको राष्ट्रिय सहमति गरिने जानकारी दिए । त्यसको लागि तेस्रो पक्षको विमा कार्यक्रमा लागु गरिने बताए । राजधानीको गोकर्णमा सहिद पार्क र चम्पादेवीमा जाति संग्रहालयको निर्माण गरिने उनले बताए । संविधान माओवादीको लडाकूको रेखदेख र पुर्नस्थापना र समायोजन कार्य सम्पन्न गर्ने उनले बताए । स्थानिय निकायको निर्वाचन नभएसम्मका लागि त्यसको संचालन गर्न अन्तरिम व्यवस्था गरिने जानकारी उनले दिए । मधेसी जनअधिकार फोरम तथा अन्य पक्षसँग भएका सहमतिलाई कार्यान्वयन गरिने राष्ट्रपति यादवले बताए । त्यसको लागि राष्ट्रिय शान्ति तथा पुर्नस्थापना आयोग गठन गर्ने घोषण उनले गरे । मुक्त कमैया, भूमीहीनको लागि विशेष कार्यक्रम ल्याउने उनले उल्लेख गरे । उनले किसानहरुको खाद्य मलको विक्री वितरणमा सहुलियतको व्यवस्था गरिने कार्यक्रम ल्याइने जानकारी दिए । जनतालाई सेवा सुविधा दिन सरकारी कार्यक्रमलाई चुस्त र दुरुस्त बनाइने उनले बताए । विद्युत संकट समाधानका लागि ग्रामिण विद्युतीकरणमा विशेष जोड दिने उनले बताए । एमालेको नौ महिने सरकारको पालामा नौ स कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा विपन्न तथा गरीव बर्गका लागि राज्य सुविधा परिचय पत्र वितरण गर्दै त्यसैको आधारमा सरकारी सुविधामा प्राथमिकता दिने व्यवस्था गरेको छ ।त्यसैगरी राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च राख्दै कार्य दक्षतामा अभिबृद्धि गर्न तथा स्वच्छ र दक्ष प्रशासन मार्फत जनविश्वास आर्जन गर्न भन्दै नीति तथा कार्यक्रममा उच्चस्तरीय तलव आयोगको प्रतिवेदनलाई आधार मानि सुविधानमा समयानुकुल बृद्धि गरिने उल्लेख गरिएको छ ।

No comments: