लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अहमदावाद/ भारतको अहमदावादमा विषालु रक्सी सेवनबाट मर्नेहरूको संख्या ८४ पुगेको छ । प्रहरीका अनुसार विषालु रक्सी सेवनबाट थुप्रै बिरामी परेका छन् । उनीहरूको अहमदावादका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये ३० जनाभन्दा बढीको स्थिति चिन्ताजनक छ ।रक्सीको गैरकानुनी कारोबारमा संलग्न व्यक्तिविरुद्ध प्रहरीले खोजतलास सुरु गरेको छ । प्रहरीले संदिग्ध एक सय आरोपीलाई पक्राउ गरेको छ ।सरकारले पूर्वन्यायाधीश कमल मेहताको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा गुजरात प्रहरीका पूर्वमहानिर्देशक जिसी रायगरसहित अन्य तीन व्यक्ति पनि सामेल छन् ।
आयोगले ३० नोभेम्बरभित्र सरकारलाई पहिलो प्रतिवेदन बुझाउनुपर्नेछ । यस मामलामा ६ प्रहरी अधिकारीलाई समेत निलम्बित गरिएको गुजरात राज्यका प्रहरी महानिर्देशक एसएस खण्डेलवालले बुधबार बताए ।

No comments:
Post a Comment