News

May 5, 2008

नेपाली भू-भाग मिचेर भारतद्वारा सडक निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,सप्तरी

सप्तरीको सीमावर्ती गाविस छिन्नमस्तामा नेपाली भू-भागलाई मिचेर भारतले पक्की सडक निर्माण कार्य थालेको छिन्नमस्ता-३ स्थित सीमामा राखिएको पिल्लर नं. २२८/१ नजिकैबाट भारतले पक्की सडक निर्माण कार्य थालेको हो ।भारतले ग्रामीण सडक योजना अर्न्तर्गत दशगजा क्षेत्रमै रहेको राम मनोहर लोहिया गेटबाट दक्षिण भारतीय गाउँ न्यौरसम्मको ४ किलोमिटर पक्की सडक निमार्ण कार्य थालेको छ । दशगजा क्षेत्रमा कुनै पनि देशले विना सहमति पक्की सडक निर्माण कार्य नगर्ने भनी नेपाल र भारतबीच भएको सम्झौताविपरीत भारतले उक्त सडकको निर्माण थालेको हो । सम्झौताअनुसार सीमा स्तम्भको दुवैतिर १० मिटरसम्मको भू-भाग कुनै पनि देशले उपभोग गर्न पाउँदैन ।भारतले एक साताअघिदेखि शुरु गरेको निर्माण कार्य द्रुत गतिमा अघि बढाएको छ । माटोको काम सकिएलगत्तै कालोपत्रे गर्ने योजना रहेको सडकका भारतीय ठेकेदार शिवनारायण यादवले बताउनुभयो । सडक निर्माणबारे स्थानीय नेपाली बासिन्दाहरुले राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको बताउनुभएको छ । दशगजा क्षेत्रमा भारतले सडक निर्माण गर्न लागेको गुनासो आएपछि स्थानीय प्रशासनको एक टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ । निर्माणाधिन सडकको निरीक्षणबाट फर्केका राजविराजका सशस्त्र प्रहरी उपरीक्षक कमल गिरीले उक्त सडक सम्झौताविपरीत भारतले निर्माण गरिरहेको बताउनुभयो ।
सडक निर्माणबारे भारतको तर्फाबाट आफूलाई कुनै जानकारी नआएपछि नेपाली जनताको आग्रहमा स्थलगत निरीक्षण गर्न जाँदा नेपाली भू-भाग मिचेर सडक निमार्ण भइरहेको आफूले पाएको गिरीले बताउनुभयो । यसबारे माथिल्लो निकायमा जानकारी गराइसकेको र भारतीय सुरक्षा निकायसँग पनि छलफल गरिने जानकारी उहाँले दिनुभयो । गत वर्षसिरहाको हरकट्टीमा पनि भारतले दशगजा क्षेत्र मिचेर ७ किलोमिटर लामो र १५ फिट उचाइको बाँध निर्माण गरेको थियो ।

No comments: