News

May 8, 2008

सरकारको नेतृत्व माओवादीलाई गर्न नदिए जनतालाई सडकमा उतार्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
आगामी सरकारको नेतृत्व माओवादीलाई गर्न नदिए जनतालाई सडकमा उतार्ने चेतावनी माओवादी अध्यक्ष प्रचण्डले दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्न आफ्नो पार्टीलाई नदिए जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् । रोल्पा गणतान्त्रिक सम्पर्क मञ्चले रोल्पाबाट बिजयी तथा रोल्पाका संविधानसभासदको सम्मानमा बैशाख २६ गते राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनता र बिश्व आगामी सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्ने पक्षमा रहेको दावी गरे । जनादेश माओवादीको नेतृत्वमै सरकार बन्नुपर्ने पक्षमा रहे पनि बेइमानी गर्नेहरुबाट चुनौती आइरहेको पनि प्रचण्डको भनाइ थियो ।
कार्यक्रममा प्रचण्डले तीन साताभित्र माओवादी नेतृत्वमा सरकार बनिसक्ने उल्लेख गरे तथा बैशाख २७ गते हुने सात दलको बैठकले सरकार गठनको प्रक्रिया सुरु गर्ने जानकारी दिए । संविधानसभाको पहिलो बैठकले नै राजतन्त्रको अन्त्य तथा गणतन्त्रको कार्यन्वयनबारे निर्णय गर्ने पनि प्रचण्डले कार्यक्रममा बताए । 'अब छिटै सामन्तवादको हैकम समाप्त हुँदैछ, माओवादी नेतृत्वमा सरकार गठन हुनुहुदैन भन्नेहरु तीनै सामन्तहरु हुन्' प्रचण्डले भने । कार्यक्रममा रोल्पाबाट बिजयी तथा रोल्पा घर भएका १० संविधानसभासदको उपस्थिति थियो ।

No comments: