News

May 5, 2008

८‌ जोडी श्रीमान्-श्रीमति, प्रचन्ड कि छोरी पनि संविधान सभासद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधान सभामा काका र भतिजा-भतिजीमात्र होइन श्रीमान् र श्रीमति आमा र छोरी बाबु र छोरीको रमाइलो जमघट हुने भएको छ ।प्रत्यक्षतर्फको निर्वाचनमा माओवादीका ४ जोडी श्रीमान्-श्रीमति चुनिएर आएका थिए । तर समानुपातिक तर्फको छनौटमा माओवादी लगायत अन्य दलको तर्फबाटपनि श्रीमान्-श्रीमति सभासद्हरुको संख्या थपिएको छ भने अन्य नातेदारहरुपनि चुनिएर आएका छन् ।नेपाली कांग्रेसबाटपनि श्रीमान्-श्रीमतिको एक जोडीले संविधान सभामा प्रतिनिधित्व गर्ने भएको छ । उनीहरु हुन् शेरबहादुर देउवा र डा. आरजु राणा देउवा । श्रीमान् देउवा काचनपुर- ४ र डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएका छन् भने श्रीमति आरजुलाई समानुपातिकबाट संविधान सभामा लैजान श्रीमान् देउवा सफल भएका छन् । उता आरजुकी आमा प्रतिभा राणा भने समानुपातिकबाट राप्रपाको प्रतिनिधित्व गर्दै संविधान सभामा निर्वाचित भएकी छिन् ।श्रीमान-श्रीमति नै सभासद् हुनेहरु नेकपा माओवादीमा अन्य तीन जोडी थपिएका छन् । माओवादीले ओनसरी घर्तिमगरलाई समानुपातिकमा निर्वाचित गरेको छ । उनका श्रीमान वर्षमान पुनमगर 'अनन्त' भने प्रत्यक्ष निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भैसकेका छन् ।यसैगरी समानुपातिकबाट निर्वाचित अमृता थापा मगरका श्रीमान् हितमान शाक्यले काठमाडौं- ६ बाट प्रत्यक्ष निर्वाचत जितेका छन् । यसैगरी मनाङ्ग र कास्की- १ बाट निर्वाचित स्थानीय विकास मन्त्री देब गुरुङ्गकी धर्मपत्नी यसोधा सुवेदीपनि माओवादीको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी छिन् ।प्रत्यक्ष निर्वाचनमा माओवादीका ४ जोडीले विजय हासिल गरेका थिए । तिनमा डा. बाबुराम भटराई गोर्खा २ र हिसिला यमी काठमाठौं ७ को जोडी दावा तामाङ्ग सिन्धुपाल्चोक ३ र कुमारी मोक्तान मकवानपुर ४ को जोडी राजकुमार श्रेष्ठ सिन्धुपाल्चोक १ र देवी खड्का दोलखा १ को जोडी र टेकेन्द्र भट्ट काचनपुर ३ र रेणु चन्द बैतडी २ को जोडी थिए । नेकपा माले का महासचिव सीपी मैनाली र उनकी श्रीमति निलम केसीपनि संविधान सभामा पुग्ने जोडी हुन् ।माओवादी अध्यक्ष प्रचण्डका अलवा उनकी छोरीपनि संविधान सभामा पुगेकी छिन् । माओवादीले समानुपातिकबाट निर्वाचित गरेकी रेणु दाहाल प्रचण्डकी छोरी हुन् । प्रचण्ड काठमाडौं-१० र रोल्पा-२ बाट विजयी भैसकेका छन् । यसैगरी काठमाडौं- २ मा एमाले महासचिव माधव नेपाललाई पराजित गर्ने माओवादीका झक्कु सुवेदीकी भतिजी खुमा सुवेदीपनि माओवादीबाटै समानुपातिक अन्तर्गत संविधान सभामा निर्वाचित भएकी छिन् ।नेपाली कांग्रेसबाट एक जोडी दाजुभाईले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन् । उनीहरु डा. प्रकाशशरण महत र डा. रामशरण महत हुन् । प्रकाशशरण समानुपातिकबाट निर्वाचित भएका हुन् भने रामशरण प्रत्यक्ष अन्तर्गत नुवाकोट- २ बाट । तर धाँधली गरी जितेको भन्दै दाजु रामशरण विरुद्ध निर्वाचन अदालतमा मुद्धा परेको छ ।

No comments: