News

May 6, 2008

प्रेमिकाले धोका दिएको रिसले प्रेमिका र उनकी आमालाई छुरा प्रहार गरी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रेमिकाले धोका दिएको भन्दै रिसले आगो भएका नेपाली सेनाका एक जवानले हिजो बिहान सुनसरीको झुम्का बजारमा प्रेमिका र उनकी आमालाई छुरा प्रहार गरी हत्या गरेका छन् भने उनी स्थानीयवासीको चुर्टाईबाट मारिएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षको सुरक्षार्थ सुनसरीको पूवकुस हामा रहेको नेपाली सेनाको क्याम्पमा कार्यरत रहेका सैनिक जवान लक्ष्मण मगर र सुनसरीको प्रकाशपुर-२ कि २० वर्षीय सम्झना थापामगरसँग लामो समयदेखि प्रेम चल्दै आएको थियो । यसैक्रममा झुम्काबजारको स्थानीय चिया पसलमा हिजो बिहान प्रेमिका सम्झना र उनकी आमा ४५ वर्षीय अम्बिका थापामगरसँग चिया पिइरहेका जवान मगरले एक्कासी विवाहको प्रस्ताव राखी आजै प्रेमिका सम्झनालाई लाने कुरो गरेपछि उनीहरूबीच विवाद उत्पन्न भएको थियो । विवादले उग्र रुप लिएपछि जवान मगरले चियापसल नजिकै रहेको विश्वास एग्रोभेट पसलबाट तरकारी बालीमा हाल्ने विषादी किनेर ल्याई सम्झनाले धोका दिएको भन्दै बिष पिएका थिए । बिष पिए लगत्तै लक्ष्मणले सम्झनामाथि छुरा प्रहार गरेका थिए । छोरीलाई जोगाउन खोजेकी आमा अम्बिकालाई पनि उनले छुरा प्रहार गर्न पुगे । सम्झना भागेर पाथीभरा ज्वेलर्स पुगे पनि लक्ष्मणले उनलाई लखेट्दै पसल बाहिर निकाली छुरा प्रहार गरेका थिए । अन्धाधुन्ध छुरा प्रहार पछि आमा छोरी नै ढलेपछि स्थानीयवासीले लक्ष्मणमाथि इँटा, ढुँगा र लाठी प्रहार गरेका थिए कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको हो । छुरा प्रहारबाट सख्त घाइते भएका आमाछोरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । आमाछोरीको पोष्टमार्टम रिपोर्टमा आमा अम्बिकालाई १२ पटक र छोरी सम्झनालाई १६ पटक छुरा प्रहार गरि्एको उल्लेख गरिएको छ । घटनापछि सो क्षेत्र तनावमय बन्न पुगेको थियो । यस्तो विभत्स घटनाले प्रेममा मान्छे पागल हुन्छ, अन्धो हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दछ । स्मरणीय छ, केही समयअघि नगरकोट र बेलबारीमा पनि सेनाकै जवानले आफ्नो उन्मात प्रस्तुत गरी कयौं मानिसको हत्या गरेका थिए ।

No comments: