News

May 5, 2008

उपेन्द्र यादव र नेता विजय गच्छदारको पुत्ला दहन

लिम्वूवान डट व्लगस्पोट डटकम,इटहरी
यता मधेसी जनाधिकार फोरमका जिल्ला तहका कार्यकर्ताहरुले आइतबार
सुनसरीको लौकही र भण्टाबारीमा पार्टी संयोजक उपेन्द्र यादव र नेता विजय गच्छदारको पुत्ला दहन गरेका छन् । समानुपातिकतर्फाट फोरममा मरिमेट्नेको नाम सिफारिस नगरी कांग्रेसी र दरबार निकटका मानिसहरुलाई सिफारिस गरेको भन्दै दुवै जनाको पुत्ला दहन गरिएको फोरम सुनसरीले जनाएको छ । गच्छादार जस्ता भ्रष्टाचारीसँग उपेन्द्र बिकेको बताउँदै कार्यकर्ताले अब व्रि्रोहको विकल्प नरहेका कारण पुत्ला दहन गरेको बताएका छन् । सयौँको संख्यामा उत्रिएका फोरमका कार्यकर्ताहरुले स्थानीय स्तरमा आन्दोलन गरेर मधेस स्वतन्त्र बनाउन योगदान दिनेलाई सभासद् नबनाएर यादव पैसामा बिकेको कार्यकर्ताले आरोप लगाएका छन् ।
पूर्वका सबै जिल्ला कार्य समितिहरुमा व्रि्रोहका लागि कार्यकर्ता तयार रहेको र स्थानीय स्तरबाटै नेता छनौट गर्ने तयारी पनि भइरहेको फोरमका पूर्वाञ्चल संयोजक एसएन मेहताले जनाउनुभएको छ । 'पैसामा मधेसी जनता सम्झौता गर्दैनन् बरु स्वतन्त्रताका लागि योगदान गर्छन्'-मेहेताले भन्नुभयो- 'सभासद् मनोनयन मात्र ठूलो कुरा नभएर पैसावाललाई मात्र किन सभासद् बनाइयो - यो कार्यकर्ताको प्रश्न हो ।'
यसैगरी विराटनगर समाचारदाताका अनुसार संविधानसभा निर्वाचनमा पिछडिएका जातिहरुलाई सहभागी नगराएको भन्दै तर्राईका मलाहा जातिले आइतबार विराटनगरमा फोरमका संयोजक उपेन्द्र यादवको पुत्ला दहन गरी विरोध जनाएका छन् ।आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरुले २४ घण्टाभित्र आफ्नो जातिको प्रातिनिधित्व नगराए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
मधेशी जातिमा सूचीकृत भएका मलाहा जाति तर्राईका मोरङ, सप्तरी, र्सलाही र पर्सा जिल्लामा गरी करिब १५ लाखको संख्यामा रहेको भए पनि कुनै पनि दलले संविधानसभामा प्रतिनिधित्व नगराएको आरोप उनीहरुले लगाएका छन् ।
मलाहा समुदायको सांस्कृतिक अधिकार संरक्षण गर्न नसक्ने मलाहा समाजका अध्यक्ष झरिलाल मुखियाले बताउनुभयो । उहाँले मलाहा समुदायलाई नदी र पोखरीमाथि अधिकार दिनुपर्ने बताउनुभयो । माछा मारेर जीविकोपार्जन गर्ने जातिलाई नदीमाथिको अधिकार सुरक्षित गरिनुपर्ने तर्फआफूहरुबाहेक अरुलाई चासो नहुने दावी उहाँको छ । मधेशी जनअधिकार फोरमसँग आक्रोशित भएका मलाहाहरुले अब अधिकारका लागि यादवसँग संघर्ष सुरु गर्ने बताएका छन् , फोरमबाट समानुपातिकतर्फ उम्मेदवार रहनुभएका जुगेश्वर मलाहाले राजतन्त्र र कोइरालावादका विरुद्ध आन्दोलन गरेका मलाहाहरुले अब यादववादका विरुद्ध आन्दोलन थाल्ने बताउनुभयो । यसैगरी केवट कल्याण समाजले पनि आइतबार नै पत्रकार सम्मेलन गरी १० लाख केवट समुदायबाट एक जना पनि संविधानसभामा सहभागी नभएकोमा आपत्ति जनाएको छ । समाजका अध्यक्ष रामकुमार कामतले २४ घण्टाभित्र सहभागिता नगराए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, र्सलाही, धनुषा, बारा र पर्सा जिल्लामा सो समुदायको बसोबास रहेको समाजका महासचिव प्रल्हादकुमार कामतले जानकारी दिनुभयो । विभिन्न २४ थरबाट परिचित रहेको केवट समुदायलाई कुनै पनि राजनीतिक दलले संविधानसभा सदस्यमा मनोनयन नगरेकोमा कामतले गुनासो गर्नुभयो ।
फोरमले केवट समाजका सानादेवी कामती, चुमनबाबु केवट र महेन्द्रप्रसाद कामतलाई समानुपातिक सूचीमा समावेश गरेको थियो ।यसैगरी बिर्तामोड समाचारदाताका अनुसार मेचे समुदायका स्थानीय बासिन्दाले नेकपा एमाले झापा पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
समानुपातिक प्रणालीमा जातीय प्रतिनिधित्व नगराएको भन्दै त्यहाँका मेचे समुदाय आन्दोलित भएका हुन् । आइतबार आक्रोशित समुदायले प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफोडसमेत गरेका थिए । नेकपा एमालेले समानुपातिक निर्वाचनको लागि सीमान्तकृत मेचे समुदायबाट महिला कुमारी मेचेलाई उम्मेद्वार बनाएको थियो । छनौटमा मेचे समुदायको नामै हटेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ घण्टाभित्र आपनो जातीय प्रतिनिधित्वको ग्यारेन्टी नगरे त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

No comments: