News

May 6, 2008

नायिका र क्यामरामेनको मिलोमतोमा 'ब्ल्यू फिल्म'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
साना या ठूला पर्दामा काम गर्ने कलाकारमाथि 'ब्ल्यू फिल्म' बनाएर बिक्री गर्ने गरेको आरोप लागिरहेका बेला कञ्चनपुरकी स्थानीय नायिका सरस्वती राना र क्यामरामेन तेज चन्द 'अरमान' ले 'ब्ल्यू फिल्म' निर्माण गरेको रहस्य खुलेको छ । महेन्द्रनगरबाट पत्रकार गणेशदत्त भट्टका अनुसार महेन्द्रनगर नगरपालिका-१५ गोवरैया निवासी सरस्वती राना र महेन्द्रनगर बजार गल्ली नं. ५ मा अप्सन मुभी सञ्चालक तथा सुदूरपश्चिमका चर्चित क्यामेरामेन अरमानले त्यस्तो फिल्म निर्माण गरेका हुन् । उक्त फिल्म अप्सन मुभी भित्रै तयार पारिएको बताइएको छ । ब्ल्यू फिल्ममा नांगै यौन सर्म्पर्क गरिरहेका र अन्य अश्लील दृश्यहरू देख्न सकिन्छ ।
विकसित देशहरूमा ब्ल्यू फिल्म बिक्री गरी धन आर्जन गर्न र सोही क्षेत्रमा स्थापित हुन जोडीले फिल्म बनाएका यस्ता नीला चलचित्र विदेशतिर पठाइसकिएको विशेष स्रोतबाट थाहा हुन आएको छ । ती अश्लील क्यासेटहरू सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लाहरूमा पनि बिक्री भइरहेका छन् । तीन महिनाअघि निर्माण गरिएको ब्ल्यू फिल्म स्थानीय मुभी सञ्चालकहरूको मिलेमतोमा महेन्द्रनगरका स्थानीय बजारमा समेत गोप्यरुपमा बिक्री भइरहेको छ । प्राप्त जानकारी अनुसार भारतका विभिन्न शहरहरू र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा गरी २० लाख बराबरको कारोवार गरिएको बताइन्छ । त्यसका ५० हजार क्यासेटहरू बिक्री भइसकेका र क्यासेट 'कपी' हुने क्रम बढ्दो छ । क्यासेटको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ ।
समाजमा ब्ल्यू फिल्म निर्माण भएको हल्ला फैलिएपछि दुइ दिनदेखि निलो चलचित्रका नायक र नायिका फरार छन् । ब्ल्यू फिल्मकी नायिका सरस्वती सुदूरपश्चिममा छायाङ्कन गरिएको 'देउडा कोसेली' गीति एल्वमकी नायिका समेत हुन् । उनले यसअघि महेन्द्रनगर, सुदूरपश्चिमका पहाडी जिल्लालगायत भारतको मुर्म्बईमा आफ्नो नृत्य कला प्रदर्शन गरिसकेकी छिन् । उनको पारिवारिक अवस्था निकै कमजोर भएकाले यस्तो कार्यमा लागेको अनुमान गरिएको छ ।

No comments: