News

May 8, 2008

अनेसासको नयाँ केन्द्रीय कार्यसमिति(२००८-१०)

लिम्वूवान डट व्लगस्पोट डटकम,ब्रसेल्स (बेल्जियम)
नेपाली भाषा तथा साहित्यप्रति र्समपित नेपाली डायोस्पोराहरूको एकमात्र संस्था अन्तर्राट्रय नेपाली साहित्य समाज -अनेसास) को केन्द्रिय समिति -२००८-१०)को हालै सम्पन्न निर्वाचनमा सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।डा. कुमार बस्नेत -अनेसास जापानका पूर्व अध्यक्ष, पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल जापान डटकमका प्रधान सम्पादक) अध्यक्षमा, अनेसास म्यासाच्यूट्सका अध्यक्ष श्रीमती भारती गौतम उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । त्यस्तै, महासचिव पदमा -अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा समकालीन साहित्य डटकमका सम्पादक) कृष्ण बजगाई, सचिव पदमा -अनेसास हङकङका अध्यक्ष तथा एच के नेपाल डटकमका प्रधान सम्पादक) पशन तमु निर्वाचित हुनु भएको छ । कोषाध्यक्ष पदमा -न्यू जर्सी याप्टरका उपाध्यक्ष) श्रीमती कमला प्रर्साईं रहनु भएको छ । निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्त डा. श्याम कार्की र आयुक्तहरूमा पुरु सुवेदी, निलम कार्की, भिम कार्की तथा टिका पुन रहनु भएको थियो । निर्वाचन विवादरहित सम्पन्न गराउन सक्रिय सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । निर्वाचन समितिले अनेसासको विधानअनुसार निर्वाचन सम्पन्न भएको घोषणा गरेको छ ।

No comments: