News

May 8, 2008

समानुपातिक प्रणालीबाट बिजय प्राप्त गर्नेहरुलाई प्रमाणपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाको समानुपातिक प्रणालीबाट बिजय प्राप्त गर्नेहरुलाई उनीहरुको दलमार्फत निर्वाचन आयोतगले प्रमाणपत्र दिएको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने २५ राजनीतिक दलहरुलाई उनीहरुबाट संविधानसभासद बनेकाहरुको नाममा प्रमाणपत्र दिएको छ । बैशाख २६ गते निर्वाचन आयोगमा आयोजित समानुपातिक प्रणालीको अन्तिम नतिजा प्रकाशन कार्यक्रममा मधेशी जनअधिकार फोरमबाहेक सबै दलका प्रतिनिधि उपस्थित थिए । फोरमको प्रतिनिधित्व नभएकोबारे भने केही जानकारी गराइएन । निर्वाचन आयोगले दिएको जानकारी अनुसार, प्रत्यक्ष र समानुपातिक गरी संविधानसभामा निर्वाचित ५ सय ७५ सदस्यमा मधेशीको ३४.०९, दलितको ८.१७, जनजातिको ३३.३९, पिछडिएको क्षेत्रको ३.८३, अन्यको ३३.९१ र महिलाको ३३.२२ प्रतिशत प्रतिनिधित्व रहेको छ । २६ संविधानसभासद सरकारले मनोनित गर्ने ब्यवस्था छ । आजै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संविधानसभा चुनावको परिणाम औपचारिकरुपमा जानकारी गराउने आयोगको कार्यक्रम रहेको आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले जानकारी दिए ।

No comments: