News

May 3, 2008

बन्दसूचीमा राखेर पनि नछानिएका जनजाति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
- सुनुवार, मेचे, धानुक, डोल्पो, बराम, बालुङे, पहरी र तोक्पेगोला ।
दलहरूले उम्मेदवारी नदिएका जनजाति
- कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायू, राजी, कुसबाडिया, सिङमामा, थुदाम, बोटे, भोटे, दर्राई, ताजपुरिया, छन्त्याल, लार्के, लेप्चा, छयरोटन, तीनगाउ“ले थकाली र किसान ।
एमालेबाट समानुपातिक सूचीमा राखी निर्वाचन आयोग पठाइएका आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले धेरै जनजाति समावेश नभएको संविधानसभामा आफू जान नैतिकताले नदिएकाले नाम फिर्ता लिन लगाएको बताए । 'संविधानसभा निर्वाचन परिणाम पूर्ण रूपमा समानुपातिक र समावेशी चरित्रको भएन । यो हामीसंग सरकारले गरेको सम्झौताको उल्लंघन हो,' उनले भने- 'निर्वाचन आयोगले मुख्य दलहरूलाई सच्याई कम्तीमा बन्दसूचीमा रहेका आठ जनजातिलाई समावेश गर्न निर्देश गर्नुपर्छ । समावेशी चरित्रको सभा भएन भने समावेशी संविधान बन्न सक्दैन ।' यसैबीच केवट जातिको कुनै प्रतिनिधित्व नभएको भन्दै राज्यका तर्फाट यसमा पहल गर्न उक्त जातिले राजनीतिक दलहरूसंग आग्रह गरेको छ । केवट कल्याणकारी समाजद्वारा शनिबार इटहरीमा आयोजित भेलाले जनआन्दोलनमा आफ्नो जातिको योगदानको कदर गरी समानुपातिक प्रतिनिधित्व गराउन माग गरिएको छ । भेलाले त्यसबारे निर्वाचन आयोगमा लिखित जानकारी पठाउने निर्णय गरेको राससले जनाएको छ

No comments: