News

May 7, 2008

राजाले अझै फिर्ता गरेनन् कोषका गाडी र कम्युटर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
विगतमा राजाको नेतृत्वमा रहेको संस्थाका गाडी, कम्युटर लगायतका उपकरणहरु अझैपनि दरवारले फिर्ता नगरेको खुलाशा भएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषको गाडी तथा कम्युटरहरु राजा ज्ञानेन्द्रले फिर्ता नगरेका हुन् । लोकतन्त्र अघि श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको नामले चिनिने सो संस्थाको अध्यक्ष राजा ज्ञानेन्द्र आफै थिए । कोष बन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतको निकाय हो ।कोष सम्बद्ध श्रोतका अनुसार ज्ञानेन्द्र अध्यक्ष भएका बेला कोषको बा २ च ६४१८ नं को टोयोटा क्राउन कार, बा ३ च ७९६२ नं. को टोयोटा र्याम कार, बा ३ च ७८१२ नं. को टोयोटा ल्याण्ड क्रुजर जीप र नम्बर उल्लेख नभएको एक गरी जम्मा चार गाडी दरवार लगिएको थियो । तर दरवारले अहिलेसम्म ती गाडीहरु कोषलाई फिर्ता गरेको छैन ।गाडीहरु फिर्ता गर्न कोषले एक वर्षअघिदेखि दरवारलाई ताकेता गरेको गर्यै छ । बताइए अनुसार एक वर्षअघि २०६४ बैशाख २४ गते गाडी फिर्ता गर्न पहिलो पटक दरवारमा पत्र पठाइएको थियो । तर फिर्ता नगरिएपछि जेठ २४ र असार ३ गते थप दुई पत्रहरुद्धारा गाडी पठाउन कोषको तर्फबाट आग्रह गरियो । तर दरवारले कुनै टेरपुच्छर लगाएन ।गाडीमात्र होइन कोषले दरवारले लगेका चार वटा कम्युटर लगायतका सो सँग सम्बन्धित सामाग्रीपनि दरवार पुगेको, पटक पटक ताकेता गर्दा ती सामाग्रीपनि फिर्ता नगरिएको बताएको छ । स्मरणीय छ, कोष बन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतको निकाय हो ।

No comments: