News

May 6, 2008

माओवादीसँग सहकार्य गर्न नहुने धारणा एमालेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादीले आफ्ना कार्यकर्तामाथि कुटपिट जारी राखेकाले उसँग सहकार्य गर्न नहुने धारणा एमाले केन्द्रीय कमिटीको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले राखेका छन् । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले माओवादीसँगको सहकार्यको साटो सडक संर्घषमा जानुपर्ने बिचार राखेका छन् । बैशाख २४ गते बल्खुमा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले संविधानसभा चुनावपछि पनि पार्टीका कार्यकर्तालाई जिल्ला/जिल्लामा माओवादीले कुटपिट जारी राखेको बताएका थिए । कार्यबाहक महासचिव अमृतकुमार बोहोराले माओवादी अध्यक्ष प्रचण्डले कुटपिट रोक्न आफ्ना कार्यकर्तालाई निर्देशन दिने बताएको उल्लेख गरे पनि बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् । बैठकमा यस्तो बिचार राख्ने केन्द्रीय सदस्यहरुमा राजेन्द्र पाण्डे, घनेन्द्र बस्नेत, पशुपति चौलागाईं, हेमराज राई लगायतका केन्द्रीय सदस्य रहेको श्रोतले बतायो ।

No comments: