News

May 5, 2008

पत्रकार महासंघको अध्यक्षमा झा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाण्डौ
नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन अर्न्तर्गत आइतबार भएको निर्वाचनमा मधेशी मूलका धर्मेन्द्र झा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । झाले शिव गाउँले, महेन्द्र विष्ट, कुलचन्द्र वाग्लेलाई पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो । लामो समयदेखि पत्रकारितामा लाग्नुभएका झा जनकपुर निवासी हुनुहुन्छ । उहाँ विगत डेढ वर्षेखि अन्नपूर्ण पोष्टको कार्यकारी सम्पादकमा कार्यरत हुनुहुन्छ । प्रशिक्षकसमेत रहनुभएका झा महासंघमा विजयी नयाँ अनुहार हुनुहुन्छ । यसैगरी उपाध्यक्ष पदमा गोविन्द आचार्य विजयी हुनुभएको छ । उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेद्वारी दिनुभएको थियो । यस्तै महासचिवमा पोषण केसी विजयी हुनुभएको छ । महासचिवमा चार जनाले उम्मेद्वारी दर्ता गराउनुभएको थियो । कोषाध्यक्षमा रामजी दाहाल विजयी हुनुभएको छ । कोषाध्यक्षका लागि ५ जनाले उम्मेद्वारी दिनुभएको थियो । अन्यको परिणाम राती अबेरसम्म सार्वजनिक भएको थिएन । विजयी उम्मेद्वारहरुले महासंघलाई व्यवसायिक संगठनको रुपमा अघि बर्ढाई सम्पूर्ण पत्रकारको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

No comments: