News

May 7, 2008

कोरियामा प्रवासी नेतामाथि धरपकड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
दक्षिण कोरियामा अवैधरुपमा रहेका तथा त्यहाँ मजदूरहरुका हकहितमा आवाज उठाउँदै आएका प्रवासीहरुमाथि त्यहाँको अध्यागमनले धरपकड जारी राखेको छ । त्यसको मुख्य निशाना नेपाली भएको प्राप्त समाचारमा जनाइएको छ ।यसैबीच, प्रवासी मजदुरहरुको हकहित र अधिकारको खातिर लड्दै आईरहेको संस्था एम.टी.यु.का वर्तमान अध्यक्ष तोर्ण लिम्बूलाई मे २ तारिकका साँझ ८:२० बजे वहाँको कार्यालय अगाडी खाना खाएर फर्किदै गर्दा र उपाध्यक्ष बंगलादेशी मीत्र शबुरलाई वहाँको कोठाबाट सुनियोजित तवरले षडयन्त्रपूर्वक गीरफतार गरिएको हुनाले उक्त गीरफतारीको नेपाली सर्म्पर्क समिति, दक्षिण कोरिया घोर भत्र्सना गर्दछ । साथै, उक्त गिरफतारीले कोरिया सरकारको प्रवासी मजदुरहरु प्रतिको अमानविय व्यवहारको नाङ्गो प्रदर्शन गरेको भन्दै नेपाली सर्म्पर्क समितिका तर्फबाट इश्वर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा समातिएका मजदुर नेताद्धयको विनार्सत यथाशिघ्र रिहाईको जोडदार माग गरिएको छ ।त्यस्तै, नेपाली जनअधिकार मञ्च, दक्षिण कोरियाले पनि छुट्टै प्रेश विज्ञप्ती जारी गर्दै विश्व मजदुर आन्दोलनको एक हिस्सा ओगटेको प्रवाशी मजदुर आन्दोलनमा अग्रणी भुमिका खेल्दै आईरहेको कोरिया एम.टी.यु.का वर्तमान अध्यक्ष तोर्ण लिम्बूलाई मे २ साँझ ८:२० बजे वहाँको कार्यलय अगाडी खाना खाएर र्फकर्दै गरेको अवस्थामा ठूलो संख्यामा आएका अध्यागमनका प्रहरीहरुले घेरा हाली अमानविय तवरले गिरपतारी गरेकोमा आपत्ती प्रकट गर्दै रिहाइका लागि कोरिया सरकारलाई चेतावनी दिएको छ । विज्ञप्तिमा साथै पक्राउ परेका एम.टी.यु. का उपाध्यक्ष (बंगलादेशी) लाई वहाँको कोठामा अमानविय तवरले गिरप\mतारी गरेको खवरले आफूहरुलाई दुःखी तुल्याएको पनि विज्ञप्तिमा उल्लेख छ । कोरियन सरकारको उक्त निन्दनिय अवाञ्क्षनिय र मानव अधिकारको सामान्य सिद्धान्तको समेत ख्याल नगरी गरिएको गिसपतारी प्रति नेपाली जनअधिकार मञ्च, दक्षिण कोरिया घोर भत्र्सना गर्दै समातिएका मजदुर नेताहरुको विनार्सत रिहाईको लागि जोडदार माग गर्दै अध्यक्ष बाबुराम तामाङद्वारा जारी विज्ञप्तिमा उक्त गिरपतारीको विरोधमा उभिनका लागि आपनो रगत र पसीना बगाईरहनुभएका सम्पूर्ण श्रमजिवि मजदुर साथिहरुलाई आप\mनो हकहित र अधिकारको लागि आ-आपनो ठाउँबाट जुटी पुन एक पटक उठ्न समेत जोडदार आव्हान गरिएको छ ।

No comments: