News

May 9, 2008

संविधानसभाको पहिलो वैठक आगामी जेठ दोस्रो साता बोलाइने निधो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाको पहिलो वैठक आगामी जेठ दोस्रो साता बोलाइने निधो गरिएको छ । राजधानीमा शुक्रबार सम्पन्न मुख्य ६ दलको वैठकमा यस्तो सहमति गरिएको हो । वैठकमा गरिएको सहमति अनुसार आगामी जेठ १२ देखि १५ गतेभित्र संविधानसभाको पहिलो वैठक बोलाउने निधो गरिएको हो । संविधानसभा निर्वाचनको पुरै परिणाम सार्वजनिक भइसकेको र सरकारसमक्ष निर्वाचन आयोगले उक्त विवरण दिइसकेको अवस्थामा अब २१ दिनभित्र संविधानसभाको पहिलो वैठक बस्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।यसै बाध्यतालाई ख्याल गर्दै दलहरु जेठ दोस्रो साता वैठक बोलाउने निधोमा पुगेका हुन् । संविधानसभा निर्वाचनपछि अस्तित्वमा आएका नयाँ दलहरुसित समेत वार्ता गरी सहमति कायम गर्नका लागि पनि महत्वपूर्ण सहमति गरिएको छ । ती सबै नयाँ शक्तिसँग सहमति कायम गरी आगामी कार्यदिशा निर्माण गर्नका लागि दलहरुले पहल थालेका हुन् । यसका लागि विभिन्न ६ दलका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेसका रामचन्द्र पौडेल र विमलेन्द्र निधि, एमालेबाट झलनाथ खनाल र भीम रावल, माओवादीबाट डा. बाबुराम भट्टराइ र कृष्णबहादुर महरा, जनमोर्चा नेपालबाट लीलामढिा पोखरेल र घनश्याम शर्मा अनि नेकपा मालेबाट सीपी मैनाली र नेमकिपाबाट प्रेम सुवाल रहनुभएको छ ।संविधानसभामा मन्त्रिपरिषदले मनोनीत गर्ने भनिएका २६ जना सभासद यही मन्त्रिपरिषदले गर्ने कि नयाँ गठन हुने मन्त्रिपरिषदले गर्ने भन्ने अन्योल रहेका बेला वैठकले वर्तमान मन्त्रिपरिषदले नै मनोनयन गर्ने निधो समेत गरेको बताइएको छ । संविधानसभा वैठक बस्नुअघिका सबै तयारी र गृहकार्य सम्पन्न गर्ने अनि वैठक प्रधानमन्त्रीले बोलाउनुहुने भएको जनाइएको छ ।

No comments: