News

May 5, 2008

बिएफबिएस् गोर्खा रेडियोव्दारा पहिलो खुल्ला कविता प्रतियोगिता

लिम्वूवान डट व्लगस्पोट डटकम,केन्ट
बिएफबिएस् गोर्खा रेडियोले पहिलो खुल्ला कविता प्रतियोगिता गरेको छ । फोनबाटै कविता सुनाइएको यस प्रतियोगितामा जगत नवोदित (क्युजी सिग्नल्स्) प्रथम, मिजास तेम्बे द्वितिय र मन्जु राना तृतिय हुनुभएको छ । प्रतियोगिताको पहिलो प्रसारण बिएफबिएस्बाट २२ र २३ अनि दोश्रो २७ र २८ मा गरिएको थियो । प्रतियोगिताका निर्णायकमा पंडित भिष्मराज निरौला, रक्ष र्राई र टंक बनेम हुनुहुन्थ्यो । विजयी श्रष्टाहरुलाई आगामी मे १० तारिखका दिन फोक्सटनमा एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेलाई चाम्स् फिल्मस् प्रोडक्शनका मिलन चाम्स्ले प्रायोजन गरेको ट्रफी दिइनेछ । यो एकवर्षम्म मात्र राख्न सकिनेछ । प्रतियोगितामा कुल २१ सहभागी थिए भने दुइ अप्रतियोगी दयाकृष्ण र्राई र टंक वनेमले पनि कविता वाचन गर्नुभएको थियो । साहित्यलाई मिडियामा स्थान दिन प्रतियोगिता गरिएको कार्यक्रम सञ्चालक योगराज र्राईले बताउनुभयो ।

No comments: