News

May 5, 2008

दाइजो खोज्ने दुलाहालाई जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भनेजति दाइजो नपाएपछि बिहे गरेको दुइ दिनमै बेहुलीलाई माइती फर्काउने संखुवासभाको खाँदवारी-१० का बसन्तकुमार चापागाईंलाई समाजले डेढ लाख रुपैयाँ नगद जरिवाना र ल्याएका सबै समान फिर्ता गराएको छ । गत वैशाख १५ गते चापागार्इंको खाँदबारी ३ की बविता पोख्रेलसँग भएको थियो । तर चापागार्इंले दाइजोमा कम्प्युटर, मोटरसाइकल, उच्च गुणस्तरका फर्निचरसमेत नदिएको भन्दै वैशाख १८ गते बेहुलीलाई माइत पुर्‍याएर आएका थिए । घटनाबारे सञ्चार माध्यममा समाचार आएपछि हिजो समाजले भेला गरी बेहुलालाई डेढ लाख नगद जरिवानाका साथै विवाहमा बेहुलीपक्षले दिएको सुनको औंठीलगायतका सामान पनि फिर्ता गराएका छन् ।

No comments: