News

May 8, 2008

शसस्त्र समुहका तीन सय कार्यकता माओवादीमा प्रबेस

लिम्वूवान डट व्लगस्पोट डटकम, इटहरी
स्वतन्त्र तराइ मुक्तिको आन्दोलनका नाममा अपराधिक घटना बढाएको र आन्दोलनको कुनै औचित्य नभएको भन्दै तराइमा सशस्त्र आन्दोलन गरिरहेको एक संगठनका सुनसरीबाट १४ जिल्ला नेता सहित तीन सय भन्दा बढि कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । तराइका सवै माग र आन्दोलनका उपलव्धि नेकपा माओवादीले पुरा गर्ने र सम्बोधन भएको जनाउँदै उनीहरु माओवादीमा प्रवेश गरेका हुन् । सनसरीका विभिन्न ग्रामिण भेगसम्मका कार्यकर्ताहरु पनि प्रवेश गरेका छन् ।
तर्राईमा सशस्त्र आन्दोलन गरिरहेको जयकृष्ण गोइतको नेतृत्वमा रहेको अखिल तर्राई मुक्ति मोर्चाका सुनसरी मोरंग इञ्चार्ज सहित तीन सय भन्दा बढि कार्यकर्ताहरु हतियार विसाएर नेकपा माओवादीमा प्रवेश गरेका हुन् । सुनसरीको इनरुवामा पत्रकार सम्मेलन आयोजना गरी सुनसरी मोरंग इञ्चार्ज संकेत सहितका ३ सय मोर्चा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन् । माओवादीमा प्रवेश गर्ने मध्येका सुनसरीका सैन्य कमाण्डरका रुपमा कार्यरत भूपनारायण, सुनसरी इञ्चार्ज रञ्जन, सह इञ्चार्ज खगेन्द्र साह, जिल्ला सदस्यहरु जयकृष्ण साह, संकर, रीतेश, वीरेन्द्र, भरन, लक्ष्मी, अरविन्द, दिलिप साह, दिनेश सरदार लगायतका रहेका छन् ।
संविधानसभाले नै तराइका सवै माग पुरा गर्ने भएका कारण मोर्चाको स्वतन्त्र तराइ सम्बन्धि मागको कुनै औचित्य नरहेका कारण मोर्चा परित्याग गरि माओवादीमा प्रवेश गरेको संकेतले बताउनु भयो । तराइको मुक्तिको नाममा आफुहरुलाई मोर्चाले बहल्याएको तर नीति भने अपराधिक कृयाकलाप मात्र गर्ने भएका कारण परित्याग गरिएको उहाले बताउनु भयो ।
भूमिगत रुपमा कार्य सञ्चालन गर्दै आए पनि मधेसको हित अव संविधानसभाबाट मात्र निश्चित रहेका कारण शान्तिपूर्ण राजनीति बाहेकको विकल्प नरहेको उहालेबताउनु भयो । विज्ञप्ति जारी गरि संकेतले सशस्त्र आन्दोलनमा लागेका मोर्चाका सवै कार्यकर्ताहरुलाई शान्तिपूर्ण अवतरणमा आउन आग्रह गरेका छन् । मधेसमा ससस्त्र आन्दोलनरत रहेका अन्य संगठनका युवा कार्यकर्तालाई पनि आन्दोलनका नाममा ती संगठनले गराएका अराजकता त्यागेर शान्तिपूर्ण अवतरण गर्न आग्रह गरेका छन् ।
मोर्चा परित्याग गरि माओवादीमा प्रवेश गर्ने सवैलाई कोचिला राज्य समितिका सदस्य तथा नेकपा माओवादीका सुनसरी इञ्चार्ज हिमाल शर्माले स्वागत गर्नु भएका थियो । हतियारधारी समुह नै मोर्चामा आएको छ नि भन्ने पत्रकारको जिज्ञासामा हिमालले विचार परिवर्तन भए हतियारको कुरा ठूलो नरहेको बताउनु भयो ।। उता, पार्टी प्रवेश गर्ने संकेतले भने विगत तीन महिनादेखि आफूहरु निसस्त्र रहेको बताउनु भएका थियो । मोर्चाका गद्दारहरुले हतियार लगेको र दुरुपयोग गरेका कारण हतियार छाडेको उहाका भनाई थियो । ।

No comments: