लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फुटबल जगत्मा डियगो म्याराडोना जति चर्चित छन्, उत्तिकै आलोचित पनि । म्याराडोनाको उतारचढाबपूर्ण जीवन र बानीव्यहोराका कारण मिडिया जहिले पनि उनको पछि लागिरहेको हुन्छ । उनी जहिले पनि चर्चा र विवादमा रहन्छन् । हाते गोलको सहयोगले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाउँदा होस् या दक्षिण अपिmकामा हुने विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई छनोट गराउन नसके आत्महत्या गर्ने घोषणा गरेर होस्, अमेरिकाको चर्काे विरोध गरेर होस् या पिँडुलामा क्युबाली नेता फिडेल क्यास्ट्रोको टाटु खोपेर होस्, म्याराडोना सदाबहार ढंगले चर्चित छन् । उनको जति प्रशंसा र उनको जति आलोचना सायदै अरू खेलाडीका भएका छन् । प्रशिक्षकको अनुभव नै नभएका म्याराडोनालाई अर्जेन्टिनाली फुटबल संघले गत वर्षको अक्टोबरमा राष्ट्रिय टोलीको प्रशिक्षकमा सीधै नियुक्त गरेको थियो । अर्जेन्टिनाली जनता पनि यही चाहन्थे । प्रशिक्षकका अरू प्रत्यासीहरू मिगुएल एङ्गेल्स रुसो, सर्जियो बाटिस्टा आदिलाई पछि पार्दै उनी प्रशिक्षक बन्न सफल भए । नब्बे र पछिल्लो आधा दशकमा सेलिब्रेटी पूर्वखेलाडीका रूपमा जीवन बिताएका म्याराडोना अक्सर भन्ने गर्थे, 'राष्ट्रिय टोलीको प्रशिक्षक बन्न पाए निकै खुसी हुने थिएँ ।' राष्ट्रिय टोलीका प्रशिक्षक भएपछि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट तीखो आलोचना पनि खेपे । उनका आलोचकको तर्क थियो— लागू्औषधको कुलतमा फसेको पूर्वखेलाडीले राष्ट्रिय टोलीलाई बिगार्छ ।१९९४ को विश्वकपमा उनी डोपिङ टेस्टमा असफल भएपछि विश्वले उनलाई एक 'ड्रगिस्ट खेलाडी' का रूपमा चिन्यो । ड्रग्सकै कारण सन् २००४ मा उनी झन्डै मृत्युको मुखमा पुगेका थिए । तर, उपचारपछि उनले नयाँ जीवन पाए । त्यसपछि उनले लागूपदार्थ नखाने कसम खाए । तर, म्याराडोनाले कोकिन नखाने कसम खाएको कुरा आलोचकले पत्याएनन् । 'ईश्वरका कृपाले विगत पाँच वर्षयता मैले ड्रग्स लिएको छैन,' छनोट चरणमा अजर्ेेन्टिनालाई चौथो स्थानमा २८ अंक दिलाउँदै विश्वकपको टिकट दिलाएपछि उनले आलोचकलाई मुखभरिको जवाफ दिए । प्रशिक्षकका रूपमा प्रत्येक खेलाडीलाई आफूले तिखार्ने काम गरेको उनले बताए । र, खेलाडीहरू आफूजस्तो कुलतमा कहिल्यै नफसून् भनेर उनीहरूलाई मानसिक रूपमा बलियो बनाएको पनि दाबी छ उनको । दक्षिण अमेरिकाको अन्तिम छनोट चरणको खेलमा अर्जेन्टिना भिडेको थियो उरुग्वेसित । टोलीलाई छनोट गराउनका लागि उनलाई बराबरी वा जितको आवश्यकता थियो । यता पराजित भएमा अर्जेन्टिना विश्वकपको इतिहासमा ४० वर्षपछि छनोट चरणबाट बाहिरिने थियो । चुनौती तथा तनाबका बीचमा प्रशिक्षक म्याराडोनाको अर्जेन्टिनाले उरुग्वेलाई हरायो । 'अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन नसके गोली ठोकेर आत्महत्या गर्नेछु,' उनले घोषणै गरेका थिए ।' म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप यात्रा गराउन सफल रहे पनि उनले न स्याबासी पाए न बधाई । उल्टै फिफाको कारबाहीमा परे उनी । स्थानीय मिडियासित अश्लील बोलेका आधारमा फिफाले म्याराडोनालाई पाँच खेलमा प्रशिक्षण गर्न प्रतिबन्ध लगाउनुका साथै २० हजार डलर जरिवाना सुनाएको थियो ।एक नम्बरका घमण्डी खेलाडीका रूपमा चिनिने म्याराडोनाले आफू प्रतिबन्धित भएपछि तत्कालै भने, 'मलाई कसले के गर्न सक्छ ? सिंगो अर्जेन्टिना मेरो पछाडि छ । म फिफादेखि डराउँदिनँ र माफी पनि माग्दिनँ ।'प्रशिक्षकका रूपमा म्याराडोनाको आलोचना गर्नेहरूमा ब्राजिलका महान् खेलाडी पेले पनि थिए । सन् २००० मा फिफाले म्याराडोना र पेलेलाई समान उत्कृष्ट फुटबलर उपाधि दिए पनि यी दुवै आफूलाई उत्कृष्ट खेलाडी भन्दै हिँड्थे । केही विश्लेषकका अनुसार ईष्र्याका कारण पेलेले म्याराडोनालाई प्रशिक्षकका रूपमा सफल नहुने दाबी गरेका थिए । 'म्याराडोनालाई प्रशिक्षणको अनुभव छैन,' पेलेले भनेका थिए, 'अन्तिम समयमा टोलीलाई सम्हालेका प्रशिक्षकले टोलीलाई विश्वकप छनोट गराउन गाह्रो हुन्छ ।' प्रत्युत्तरमा म्याराडोनाले भनेका थिए, 'पेले, सक्छौ भने तिमी पनि प्रशिक्षक भएर ब्राजिललाई विश्वकपमा छनोट गराएर देखाऊ । यसो गर्न सक्यौ भने म तिमीलाई विश्वको उत्कृष्ट खेलाडी मान्छु ।' १९६० मा अर्जेन्टिनाको लानोसमा एक सामान्य किसान परिवारमा जन्मेका म्याराडोना जिन्दगीभरि आलोचना र विवादको भुमरीमा फसिरहे । अक्टोबर, २००९ मा प्रशिक्षक भएयता उनको प्रशिक्षणमा अर्जेन्टिनाले १५ खेल खेल्यो । १० वटामा जित र पाँचवटामा हारको स्थितिमा उनको प्रशिक्षण औसत ६६.६७ रहेको छ । उनी प्रशिक्षक हुनासाथ अर्जेन्टिनाले स्कटल्यान्डलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । पाँच हार अर्जेन्टिनाले विश्वकपको छनोटमा बेहोरेको थियो । भेनेजुएला र इक्वेडरसित नराम्रो हार खाएपछि प्रशिक्षक म्याराडोनाको पदसमेत खतरामा नपरेको होइन । तर, आफ्ना समर्थक तथा टोलीका खेलाडीबाट प्राप्त विश्वासका कारण उनी सबै अप्ठ्यारा पार गर्न सफल भए । प्रशंसाभन्दा आलोचना बढी खेपेका म्याराडोनाको अब एउटै मात्र उद्देश्य छ— प्रशिक्षकका रूपमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउने । विश्वकपको इतिहासमा कप्तान तथा प्रशिक्षकका रूपमा जर्मनीका महान् खेलाडी फ्रान्ज बेकनावरले टोलीलाई उपाधि दिलाएका थिए ।

No comments:
Post a Comment