News

Feb 26, 2010

१७ जना तिब्बती नागरिकलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, फाल्गुन १४, चीनसँग सिमा जोडिएको दोलखाका लामावगर नाका हुदै अवैधरुपले नेपाल प्रवेश गरेका १७ जना तिब्बती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा दस महिला र सात जना पुरुष रहेका छन् । उनीहरु लामावगर नाका हुँदै भारतमा दलाई लामा भेट्न जान लागेको प्रहरीले जनाएको छ ।सीमा प्रहरी चौकी लामावगर र गोगरवाट टोलीले नेपाल प्रवेश गरेका उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका सवैलाई शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याइएको छ । शनिवार र आइतवार सार्वजनिक विदा परेकाले उनीहरुलाई सोमवार अध्यागमन विभागको जिम्मा लगाउने दोलखाका प्रहरी नायव उपरिक्षक धिरजप्रताप सिंहले वताए । उनीहरुसहित फागुनमा मात्र दोलखाको लामावगर नाका हुदै नेपाल प्रवेश गरेका ५० जना तीव्वती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

No comments: