News

Feb 28, 2010

प्रतिवद्धताविपरीत माओवादीद्वारा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मार्च,२०१०,एमाले निकट युथफोर्सका कार्यकर्ताहरुले वाईसीएल कार्यकर्ताको हत्या गरेको विरोधमा एकीकृत माओवादीले आज सोमबारदेखि अनिश्चितकालीन सुर्खेत बन्द आह्वान गरेको छ । तीन दिन अगाडि नेपाल भ्रमण बर्ष २०११ मा बन्द हड्ताल नगर्ने प्रतिवद्धतामा पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको भए पनि माओवादीले आजदेखि सुर्खेत बन्द आह्वान गरेको हो । प्राप्त समाचार अनुसार बन्द आह्वानका कारण सुर्खेत लगायतका जिल्लाहरुमा सवारी साधन ठप्प बन्न पुगेको छ भने बजार बन्द छन् । दोषीमाथि कारवाही नभएसम्म बन्द जारी रहने घोषणा माओवादीले गरेको छ । शनिबार राती सुर्खेतको बोटेचौरमा भएको झड्पमा वाईसीएल कार्यकर्ता मैनतडाका आशाराम विकको मृत्यु भएको थियो । माओवादीले हत्यामा युथफोर्सको संलग्नता रहेको दावी गरेको छ भने युथफोर्सले अस्वीकार गर्दै आएको छ ।

No comments: