News

Feb 27, 2010

१४ आयोगका प्रतिवेदन अहिलेसम्म गोप्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ फागुन,सरकारले जनआन्दोलन-२ यता देशका विभिन्न भागमा घटेका घटनाको छानबिन गर्न गठन गरेका आयोगले हालसम्म १ करोड ६६ लाखभन्दा बढी खर्च गरेका छन् । यस अवधिमा १९ वटा आयोग बनाइएका छन् तर, पाँचवटाका मात्र प्रतिवेदन सार्वजनिक भएका छन् । १४ वटा आयोगका अध्ययन प्रतिवेदन गुपचुप अवस्थामा नै राखिएका छन् । तिनीहरूमध्ये एउटै आयोगले झन्डै ३० लाखसम्म खर्च गरेको पाइएको छ । गठन भएका आयोगमध्ये सबैभन्दा बढी खर्च कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्यासम्बन्धमा गठित आयोगले गरेको देखिन्छ । २०६५ साल १८ मंसिरमा गठन भएको यो आयोगले २९ लाख ५३ हजार ५ सय १३ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । अधिवक्ता उमेशप्रसाद गौतमको अध्यक्षतामा गठित सो आयोगमा तीन जना सदस्य थिए ।१५ दिनभित्र काम पूरा गर्ने गरी गठन गरिएको सो आयोगले झन्डै एक वर्षको समय लगाएको थियो । १५ कात्तिकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन बुझाइएको भए पनि सरकारले हालसम्म सार्वजनिक गरेको छैन ।

No comments: