News

Feb 26, 2010

दुई लिम्बुवान मिले, खम्बुवान अनमेलमै

लिम्वूवान डट व्लगस्पोट डटकम,तेह्रथुम,भरत इङ्नाम/रत्नप्रसाद आचार्य
तेह्रथुम/धरान १३ फागुनः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संघीय लिम्बुवान राज्य परिषद् पालुङ्वा समूहबीच तेह्रथुम जिल्लातहमा एकीकरण भएको छ । तेह्रथुम सदरमुकाम मेयङ्लुङ्मा बिहीबार पत्रकार सम्मेलन गरी दुबै संगठनका जिल्लाध्यक्षले एकीकरणको घोषणा गरेका हुन् । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का जिल्लाध्यक्ष देवनारायण सम्बाहाङ्फेका अनुसार एकीकरणपछि नाम पनि संघीय लिम्बुवान राज्य परिषद नै कायम गरिएको छ । पालुङ्वा समूहको जिल्लाध्यक्ष प्रेम तुम्बाहाङ्फेले लिम्बुवान स्वायत्त राज्य प्रप्तिका लागि लिम्बुवान संगगनहरुबीच एकीकरण आवश्यक रहेको बताए । उनले दुबै संगठनबीच जिल्ला तहमा एकीकरण गरिएको जानकरी दिए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभाजित लिम्बुवान संगठनहरुबीच एकीकरणका लागि केन्द्रीय नेताहरुलाई दवाब दिन जिल्ला तहमा एकीकरण गरिएको उल्लेख छ । दुबै संगठनका जिल्लाध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा लिम्बुवान आन्दोलनलाई निर्णायक बनाउन केन्द्रीय तहमा पनि एकीकरण गर्न नेताहरुलाई आग्रह गरिएको छ । पालुङ्वा समूहका जिल्लाध्यक्षलाई परिषदको केन्द्रीय पार्षद्मा समावेश गर्ने र अन्य जिल्ला समितिका सबैलाई जिल्ला समितिमै समावेश गर्ने सहमति भएको छ । यस्तै, दुबै संगठनका भातृसंगठनलाई पनि जिल्ला तहमा एकीकरण गरिनेछ । यसैबीच, खम्बुवान राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लामा शान्तिपूर्ण आन्दोलन गर्दै आएका खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच एकताको प्रयास भने विफल भएको छ । किरात खम्बुवान राष्ट्रिय मोर्चाका सचिव संगम किराती र सदस्य जगन किरातीको पहलमा बुधबार र विहीबार धरानमा एकीकरणको सम्बन्धमा छलफल भएको थियो । छलफलमा मोर्चाका महासचिव उत्तर खम्बू र फ्रन्टका महासचिव छिवाहाङ् राई सहभागी थिए । वार्तामा एकअर्काले आरोपप्रत्यारोप लगाएका कारण एकता प्रयास विफल भएको एक सदस्यले बताए । उलने एकता प्रयस विफल भए पनि फेरि वार्तामा बस्ने सहमति भएको जानकरी दिए ।

No comments: