News

Feb 14, 2010

नेकपा एमाले पार्टी पंक्ति भित्र तीब्र असन्तुष्टि शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ फेब्रुअरी, २०१०, सत्ता रुढ दल नेकपा एमाले भित्र अनुशासनहीन नेता कार्यकर्ताहरुको संख्या बढ्दै गएको भन्दै पार्टी पंक्ति भित्र तीब्र असन्तुष्टि शुरु भएको छ ।नेताहरु अनुशासनहीन बन्दै भएको भन्दै पार्टी भित्रको अनुशासन आयोगले नेताहरुलाई सचेत समेत गराएको छ । आज बसेको केन्द्रीय अनुशासन आयोगको पूर्ण बैठकले पार्टीमा चरम रुपमा बढेको अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्दै नीति एवं पद्धति अनुसार अघि बढ्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनका निर्णय कार्यान्वयनमा जोड दिदैँ पार्टीलाई अनुशासनमा अघि बढाउन नेतृत्वलाई आग्रह गरेको छ । त्यसैगरी बैठकले तोकिएको समयमा संविधान जारी गरी जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न तथा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याएर राष्ट्रलाई अग्रगमनको बाटोमा लैजान सम्पूर्ण राजनीतिक दलहरूसाग आग्रह गरेको छ ।

No comments: