News

Feb 18, 2010

अमेरिकी राष्ट्रपतिको लोकप्रियता घट्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ राष्ट्रपति पद सम्हालेको वर्ष दिन पुग्दा-नपुग्दै अमेरिकी राष्ट्रपतिको लोकप्रियता घट्दो छ । सिएनएनद्वारा गरिएको एक सर्वेक्षणमा ५२ प्रतिशत अमेरिकी मतदाताले बाराक ओबामा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति हुनलायक नभएको बताएको उल्लेख गरिएको छ । अमेरिकामा २०१२ मा राष्ट्रपति चुनाव हुँदै छ । ४४ प्रतिशत मतदाता भने ओबामा पुनः दोस्रो कार्यकालका लागि योग्य भएको बताएका छन् । सर्वेक्षणका अनुसार ४९ प्रतिशत अमेरिकी मात्रै ओबामाको कामदेखि सन्तुष्ट छन् भने ५१ प्रतिशत मतदाताले ओबामाको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।ओबामाले इराक-अफगानिस्तान युद्ध समाप्त गर्ने, विश्वमा अमेरिकाको बिग्रेको छवि सुधार्नेलगायतका आश्वासन दिएर चुनाव जितेका थिए । तर, उनले राष्ट्रपतिको कार्यभार सम्हालेको एक वर्षमा प्रतिबद्धता पूरा गर्ने कुनै लक्षण देखिएको छैन । 'बहुसंख्यक अमेरिकी ओबामालाई मध्यमवर्गीय व्यक्ति मान्न तयार छैनन्,' सिएनएनका सर्वेक्षण निर्देशक केटिङ हल्यान्ड भन्छन्, 'केवल चार प्रतिशत अमेरिकीले मात्र आफूलाई उच्च वर्ग बताउँछन् । तर, ४५ प्रतिशत अमेरिकीले ओबामा उच्च वर्गमा पर्ने बताउँछन् । ४२ प्रतिशत अमेरिकी भने उनी मध्यमवर्गीय परिवारका मानिस भएको ठान्छन् ।

No comments: