News

Feb 24, 2010

चाभेज र कोलम्बियाका राष्ट्रपति अल्भारोबबीच भनाभन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी/ भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज र कोलम्बियाका राष्ट्रपति अल्भारो उराइबबीच सोमबार भनाभन भएको छ । ल्याटिन-अमेरिकी राष्ट्रहरूको सम्मेलनमा उनीहरूको भनाभन भएको हो ।उराइबले चाभेजलाई 'अब परिपक्व बन' भन्ने सल्लाह दिए । यसको जवाफमा चाभेजले उराइबलाई 'गो टु हेल' तिमी नर्क जाऊ भने । ल्याटिन-अमेरिकी राष्ट्रहरूको दुईदिने सम्मेलन मेक्सिकोमा भइरहेको छ ।चाभेज र उराइबको विवाद क्युबाका नेता राहुल क्यास्ट्रो र मेक्सिकोका राष्ट्रपति फिलिप कालडि्रनले मिलाउन प्रयास गरेका थिए । एउटा बैठकमा उराइबले कोलम्बियाविरुद्ध भेनेजुयलाको व्यापारिक नाकाबन्दीसम्बन्धमा गुनासो पोखे । उराइबको गुनासोले चाभेजको रिस उठ्यो । उराइबले आफ्नो हत्या गर्ने योजना बनाएको आरोपसमेत चाभेजले लगाए । सम्मेलनबाट बाहिरिने धम्की पनि उनले दिए । यतिन्जेलसम्म कोलम्बियाका राष्ट्रपति उराइबको पारो पनि चढिसकेको थियो । उनले पनि चाभेजलाई चिच्याउँदै भने, 'अब परिपक्व बन । यो फोरम ल्याटिन-अमेरिकी देशको मामिला छलफल गरिने ठाउँ हो  । लामो दूरीका मामलामा छलफल गर्न तिमी माहिर भए पनि प्रत्यक्ष छलफलमा डरपोक छौ ।'गत वर्ष अमेरिका र कोलम्बियाबीच भएको सैनिक सम्झौतापछि कोलम्बिया र भेनेजुयलाको सम्बन्ध बिग्रीदै गएको छ । चाभेज अमेरिकाका कडा आलोचकका रूपमा चिनिन्छन् ।

No comments: