News

Feb 28, 2010

मेशीनले पढ्ने पासपोर्ट जारी गर्ने म्याद बढाउन छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अप्रील १ तारीखभित्र एमआरपी जारी गर्न नभ्याइने भनिएको बेला अब सो म्याद सार्न पहल थालिएको अधिकारीहरुले जनाएका छन्। टेण्डर प्रक्रियामा देखिएको विवादका कारण एमआरपी छाप्ने कम्पनी समेत हालसम्म छनोट हुन नसकेकोले अब आइकाओको समयसीमा नभ्याइने कुरामा शंका रहेन।उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सो समयसीमा अब नभ्याइने पक्का भएको सार्वजनिक रुपमै स्वीकार गरेकि छिन्।त्यसैकारण अब त्यो समयसीमामै कुनै परिवर्तन गर्न सकिन्छ कि भनेर नेपाली अधिकारीहरुले आइकाओको मुख्य कार्यालयदेखि क्षेत्रीय कार्यालयसम्म सम्पर्क बढाएको परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले बताएका छन्। हामीले क्यानाडाको मन्ट्रियलस्थित आइकाओको मुख्यालय तथा थाइलैण्डको बैंककस्थित क्षेत्रीय कार्यालयमा सम्पर्क गरेर हाम्रो विशेष परिस्थितिबारे बताइरहेका छौं,” उनले भने। अप्रील १ पछि नयाँ पासपोर्ट बनाएर विदेश यात्रा गर्नेहरुको लागि कुनै वैकल्पिक व्यवस्था गर्न सकिन्छ कि भनेर समेत आइकाओसंग कुराकानी गरिएको भट्टराईले उल्लेख गरेका छन्। “हामीले समयमा नयाँ खालको पासपोर्ट जारी गर्न नसकेको स्थितिमा के गर्ने भनेर समेत छलफल गरेका छौं। यसबारे छिट्टै केही टुंगो लाग्छ,” भट्टराईले बताए। समयमा एमआरपी जारी हुन नसकेमा संसारको अगाडि लज्जाबोध हुने त छँदैछ, वैदेशिक रोजगारको लागि दैनिक विदेश जाने गरेका ६ सय नेपालीहरुलाई समेत अनौठो संकटमा पारिदिनेछ।

No comments: