News

Feb 24, 2010

पाँच सचिवका लागि १५ सहसचिवको नाम सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ फेब्रुअरी,२०१०,लोकसेवा आयोगको बढुवा समितिले रिक्त रहेका पाँच सचिवका लागि १५ सहसचिवको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको छ । आयोगका सदस्य टीकादत्त निरौलाको अध्यक्षतामा बसेको समितिको बैठकले १५ सहसचिवको नाम सचिवका लागि सिफारिस गरेको हो । योग्यता, कार्यसम्पादन र ज्येष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरिएको बताइएको छ । बढुवा समितिको सिफारिसका आधारमा कार्यकुशलता र ज्येष्ठताका आधारमा सरकारले सचिवमा बढुवा गर्ने कानूनी प्रावधान रहेको छ । बढुवाका लागि सिफारिस भएका सहसचिवहरुमा तुलसी सिटौला, महेन्द्र श्रेष्ठ, विश्वप्रकाश पण्डित, शारदाप्रसाद त्रिताल, कमल पाण्डे, सुमन शर्मा, शीतलबाबु रेग्मी, विमल वाग्ले, माधव घिमिरे, आनन्द पोखरेल रहेका छन् । यस्तै श्यामसुन्दर शर्मा, सोमलाल सुवेदी, कृष्णचन्द्र पौडेल, ज्ञानदर्शन उदास र सुरेशमान श्रेष्ठ पनि बढुवाका लागि सिफारिस भएका छन् ।

No comments: