News

Feb 14, 2010

माओवादीको बृहत् खेलकुद आयोजना सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी जनयुद्धको १५ औँ र माओवादी सेनाको नवौँ स्थापना दिवसको अवसरमा शनिबार एकीकृत नेकपा (माओवादी) को खेलकुद विभागले बृहत् खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पीएलए राष्ट्रिय खेलकुदको फुटबलतर्फ शनिबार उद्घाटन-खेलमा पश्चिमाञ्चलले विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा पश्चिमाञ्चलले आयोजक पीएलएलाई १-० ले पराजित गर्‍यो । खेलको एकमात्र गोल ८० औँ मिनेटमा निराजन मल्लले गरे । यसअघि प्रतियोगिताको उद्घाटन एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए । प्रतियोगितामा पुरुष र महिला फुटबल दुवै समावेश छन् । यस्तै भलिबलमा पुरुष र महिला दुवै स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा नौ-नौ टिमको सहभागिता छ । सबै स्पर्धामा पीएलएको टिमले सहभागिता जनाउनेछ । फुटबलका प्रतिस्पर्धा दशरथ रंगशाला र सातदोबाटोको एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै भलिबलका खेल दशरथ रंगशालाको कभर्ड हल र जावलाखेलको भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा नेपाली सेनाले भाग लिएको छैन ।

No comments: